गृहपृष्ठ नेपालमा सोमबार थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित
नेपालमा सोमबार थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित

नेपालमा सोमबार ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना संक्रमित निको भएका छन्।
आजसम्म निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५७ पुगेको मन्त्रालयले जनाएको छ।