गृहपृष्ठ नेपालमा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि ,७ हजार ९ सय ८९ जना संक्रमण मुक्त
नेपालमा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि ,७ हजार ९ सय ८९ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत यसबारे जानकारी दिएका हुन्।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यस्तै यस अवधिमा २४६ जनाको मृत्यु पुष्टि भएको उनले बताए। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना छन्।