२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ युरोपेली देश क्रोएसियामा नेपालीहरुबीच झडप, केही गम्भीर घाइते

युरोपेली देश क्रोएसियामा नेपालीहरुबीच झडप, केही गम्भीर घाइते

क्रोएसियाको साबास्कामा रहेको द मुभी पबमा नेपाली-नेपालीबीच चक्कु हानाहान हुँदा एक जना गम्भीर भएका छन्। शनिबार रातिको घटनापछि प्रहरीले केही नेपालीलाई पक्राउ गरेको छ।

तर जाग्रेबबाट प्रकाशित एससेज्दर अनलाइन पत्रिकाले भने एक जना नेपालीलाई पक्राउ गरेको उल्लेख गरेको छ।
शुक्रबार राति कामबाट छुटेका नेपालीहरूले पबमा भेला भएर रमाइलो गरिरहेका बेला एकापसमा झगडा गरेका थिए।

रक्सीले मातेका नेपालीबीच विवाद बढ्दै गएपछि एक नेपालीले अर्कोलाई चक्कु हानेको जाग्रेबमा बस्दै आएका एक नेपालीले कान्तिपुरलाई बताए।


घटनापछि तत्कालै प्रहरीले आएर घटनामा संलग्नको खोजी गरेको थियो। सुत्ने व्यवस्थासमेत रहेको उक्त पबका सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको थियो।

पबमा सुतेका नेपालीहरू पनि पब सिल गरिदिएपछि राति कोठा खोज्दै हिँडेका थिए। जाग्रेबबाट प्रकाशित एसजेभर अनलाइनका अनुसार चक्कु प्रहारबाट घाइते भएका नेपालीलाई घटना भएको आधा घण्टापछि प्रहरीले हलवेमा फेला पारेको थियो।

इन्डेक्स पत्रिकालाई उल्लेख गर्दै एस जेभेरले जनाएअनुसार घाइते गम्भीर अवस्थामा फेला परेका थिए। अर्का एक घाइते नेपालीलाई पेसेनिकाको सुरुङमा फेला पारेको थियो।

जाग्रेब प्रहरीले साभस्का सेस्टा रहेको उक्त पबमा घाइते भएका उक्त नेपालीलाई राति करिब १:३० बजे सिस्टर्स अफ मर्सी अस्पतालमा उपचारका क्रममा पुर्‍याएको थियो।

उक्त घटनालाई प्रहरीले पुष्टि गरेको एसजाहेरले उल्लेख गरेको छ। उक्त अपराधिक घटनाको अनुसन्धान चलिरहेको जाग्रेबको प्रहरीले उल्लेख गरेको छ।

स्रोत:इकान्तिपुर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु