२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेपाली काङ्ग्रेसको अर्को केन्द्रीय समिति बैठक पुष १९ गते बस्ने

नेपाली काङ्ग्रेसको अर्को केन्द्रीय समिति बैठक पुष १९ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ। मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो।

आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु