गृहपृष्ठ नेपाली क्रीकेट टोलीले हात पार्यो महत्त्वपूर्ण जीत
नेपाली क्रीकेट टोलीले हात पार्यो महत्त्वपूर्ण जीत

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको निकै महत्वपूर्ण खेलमा नेपालले घरेलु टोली युएईलाई रनले ४२ पराजित गरेको छ। लिग टूमा नेपालले यूएईलाई हराएको पहिलो पटक हो।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिले टस जितेर २ सय २९ रन बनाएको नेपालले यूएईलाई १ सय ८७रनमा सीमित गर्दै जित हासिल गर्यो।
शीर्ष तीन टोलीमा परेर विश्वकप खेल्न र एक दिवसीय मान्यता पाउनका लागि पनि आज नेपालले जित्नै पर्ने थियो।
यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो। ११५ बल सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए।
अर्को किनाराका ब्याटर आउट भैरहे पनि उनी टिकेर खेलिरहेका थिए। तर उनलाई ऐरीले आफ्नो शिकार बनाए। ४१.२ ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउट गरेका हुन्।
त्यसलगत्तै ऐरीले ४१.३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे। त्यस्तै आर्यन लाक्राले ५० रन बनाए। त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए। अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरे।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १-१ विकेट लिए।