२०८० जेठ २४ गत बुधवार | June 07, 2023

गृहपृष्ठ नेपाली जनप्रगतिशिल मंच यूकेको अधिवेशन सम्पन्न ,अध्यक्षमा मान बहादुर गुरुङ सर्वसम्मत

नेपाली जनप्रगतिशिल मंच यूकेको अधिवेशन सम्पन्न ,अध्यक्षमा मान बहादुर गुरुङ सर्वसम्मत

नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मंच यूकेको चौथो महाधिवेशन सम्पन भएको छ। पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो।

आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भइरहेको छ। यसैगरी, बेलायतका कार्यवाहक नेपाली राजदूत एवम् उपनियोग प्रमुख रोशनी खनाल पनि विशिष्ट अतिथिका रूपमा सहभागी थिए।मंच यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भइरहेको महाधिवेशनको खुल्ला सत्रमा अन्य राजनीतिक दलनिकट प्रवास संगठनका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महाधिवेशनलाई जनता समाजवादी पार्टीनिकट चन्द्र गुरूङ, नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्चका कृष्ण तिवारी, राष्ट्रिय जनमुक्ति पार्टीनिकट जनमुक्ति मञ्च यूकेका अध्यक्ष नारायण पुन, नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), नेपालका भक्त दुरा, नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुव अर्याल, तमु राष्ट्रीय मुक्ति मेर्चा युरोप ईन्चार्ज मनिस गुरूंग र मगर राष्ट्रीय मुक्ति मोर्चा युरोप ईन्चार्ज बिरभान मगर लगायतले शुभकामना दिएका थिए।
मञ्चका नेता तुल छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख विमला लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन्।

मंच यूकेको स्थापना सन् २००४ मा भएको हो। नेकपा विभाजन भएर पूर्ववत् नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भएसँगै प्रवासमा पनि सङ्गठनहरूको गठन पुनगर्ठन भइरहेको छ। तीन तहको निर्वाचन हुने सम्भावान बढेसँगै देशका सबै राजनीतिक दलहरू यतिबेला महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिरहेका छन्।

नेपाली जनप्रगतिशिल मंच युकेको पूर्ण कार्यसमितिको उमेरद्वारिको नामावाली कार्यकाल 2021 देखि 2023

आध्यक्ष – मान बाहादुर गुरुङ
१.उपध्यक्ष- शेर सिङ ठकुरी
२.उपध्यक्ष- तुल छन्त्यल
३.उपध्यक्ष-नबिन स्यङ्तन तमाङ
४.उपध्यक्ष-फुल प्रसाद कडेल

महासचिव – बिमला लिम्बु
सचिब- (१.)कान्छा राम बुढाथोकी (बिनय)
(२.)राज मनि राई

कोषाध्यक्ष – कपिल श्रेष्ठ
सहकोषध्याक्ष – माया के.सि .

सदस्य :
१.) राम मणी रिझाल
२.) हरि कृष्ण पौडेल
३.) बिष्णु चालिसे
४.) रूद्र गैरे
५.) मिलन लिम्बु
६.) बिपिन गुरूङ्ग
७.) अरूण थापा
८.) जित गिरी
९.) महेश देवकोटा
१०.) कृष्ण खनाल
११.) दिपक कुमार गुरुङ
१२.) लक्पा डोमा शेर्पा लामा
१३.) गंगा कुमारी गुरुङ
१४.) बिशाल गोले तामाङ्
१५.) राजेन्द्र गुरुङ
१६.) वीर बराल
१७.) सागर सुब्बा
१८.) मेख गुरुङ
१९.) रचाना राई
२०.) हरि अर्याल
२१.) बिष्णु माया बस्नेत
२२.) रबि घिमिरे
२३.)ललित परियार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु