२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं चोटि रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन्। ४५ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समितिले शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेका छन्।

हमद हस्पिटल ब्लड डोनेट सेन्टरमा भएको सो कार्यक्रममा कतारमा रहेका ६८ जना नेपालीहरुले रक्तदान गरेका थिए। ८८ जनाले नाम दर्ता गराएतापनी ६८ जनाले मात्रै मापदण्डअनुसार रक्तदान गरेको जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार विमल सुवेदीले जानकारी दिए।

कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली काङ्ग्रेस जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट,संस्थापक कोषाध्यक्ष भुपती भट्टराई,संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका का.वा. सभापति शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधिहरु, कतारमा स्थापित वैचारिक, समाजिक, व्यवसायीक, सामुदायिक, साहित्यक लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

साथै हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेत प्रदान गरेको प्रमुख सल्लाहकार सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु