२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ नेपाली दुतावास मलेसिया तथा सिडब्लुएसको सहयोगमा श्रमिक खगं स्वदेश फिर्ता

नेपाली दुतावास मलेसिया तथा सिडब्लुएसको सहयोगमा श्रमिक खगं स्वदेश फिर्ता

सप्तरी जिल्लाको तिलाठी कोईलाठी गाउपालिकाका कपलेश्वर खगंलाई नेपाली राजदुतावास मलेसिया तथा सिडब्लुएस मलेसिया शाखाले सोमवार उद्धार गरि स्वदेश फर्काएको छ ।

मलेसियामा विगत बर्ष देखि जि फोर सेक्युरीटिमा कार्यरत खगंलाई भिषाको म्याद सकिएपनि कम्पनीले अबैधानिक रुपमा कार्य गराई रहदा र कम्पनीको मालिकलाई सयौं पटक आफुलाई स्वदेश फर्काई दिन आग्रह गर्दा समेत नमाने पनि आफु सारा नेपाली चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपाल राष्टिय समन्वय परिषद मलेसिया शाखाको सहयोग माग गरे पछि उद्धार गरिएको सिडब्लुएस मलेसिया शाखाका महासचिव रामकिसोर मोचीले जानकारी दिनुभयो ।

खगंले आफुलाई मलेसियामा कसैले वास्ता नगरेपछि अन्तिम विकल्पको रुपमा चमार कल्याण समाज मलेसिया शाखासगं गुहार मागेको र आफुलाई भरपुर सहयोग प्राप्त भएकोमा सारा समाजलाई धन्यबाद दिदै अगामी दिनमा सारा प्रवासी नेपालीहरुको दुखमा मल्हम लगाउने कार्य अझै दुर्त गतिमा बढोस् भनी कामना समेत गर्नुभएको छ ।

खगंलाई सोमवार सिडब्लुएस मलेसिया शाखा र नेपाली दुतावासले विशेष पहल गरि हिमालयन एयरलाईन्स मार्फत स्वदेश फिर्ता गराएको हो । पिडित खगंको सम्पुर्ण कागतजात , ईमिग्रेसशन , आदी लगाएतका कार्य भने चमार कल्याण समाज नेपाल मलेसिया शाखाका महासचिव राम किसोर मोची एवमं उहाको सारा टिमले बन्दोबास्त गरेको अध्यक्ष नन्दलाल रामले नमुना नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु