गृहपृष्ठ नेपाली नारी समाज पोर्चुगलद्वारा तेस्रो अधिवेशनको तयारी तिव्र,अधिवेशनमा सहभागीताका लागि सबैलाई आग्रह
नेपाली नारी समाज पोर्चुगलद्वारा तेस्रो अधिवेशनको तयारी तिव्र,अधिवेशनमा सहभागीताका लागि सबैलाई आग्रह

नेपाली नारी समाज पोर्तुगलको तेस्रो अधिवेशनको तयारी तिव्र रुपमा अगाडी बढेको छ। समाजको तेस्रो अधिवेशन अप्रिलमा हुने भएकोले तयारी तिव्र पारिएको समाजले जनाएको छ।
लामो समयदेखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा काम गर्दै आएको समाजको दुई वर्षे कार्यकाल सकिनु अगावै समाजले अधिवेशनको समय तोकेको हो। मंगलबार कार्यसमितिको भर्चुअल बैठक पश्चात अधिवेशनको समय तय गर्दै अप्रिल ११ गते आईतबार गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।
अधिवेशन सम्पन्न गर्नका लागि समाजकी अध्यक्ष जयकला राईको संयोजकत्वमा समाजको मूल समिति गठन गरेको छ। जसमा ८५ जना सदस्य रहने गरि समिती गठन गरिएको छ। त्यस्तै गरी अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ।
जसमा सिता बरालको संयोजकमा निर्वाचन समिती गठन गरिएको छ भने सदस्यहरुमा सुनिता ब्लोन तामाङ र सरु भण्डारी रहेका छन्। त्यस्तै विधान संशोधन समितिको संयोजकमा मिनामाया खरेल र सदस्यहरुमा जयकला राई, विद्या आचार्य, पुनम गौतम, सीता श्रेष्ठ र लक्ष्मि परियार रहेका छन्।
व्यवस्थापन समिती संयोजकमा ज्योत्सना अधिकारी रहनु भएको छ भने त्यसको सदस्यहरुमा डोङ्गा शेर्पा, माया घले र देबि गुरुङ रहनु भएको छ। त्यसैगरी सीता श्रेष्ठ प्रचार प्रसार समितिको संयोजकमा रहनु भएको छ भने त्यसको सदस्यहरुमा पुनम गौतम, सम्झना अधिकारी र स्नेहा परियार रहेका छन्।
विमला आचार्य (विद्या) संयोजक रहनुभएको सदस्यता बितरण समितीको सदस्यताका लागि निम्न व्यक्तिहरुलाइ सम्पर्क गर्न समाजले अनुरोध गरेको छ। सम्बन्धित व्यक्तिहरुको विवरण निम्नानुसार उल्लेख गरिएको छ:
१) ज्योत्सना अधिकारी (कोषाध्यक्ष)-920052970
२) पुनम गौतम (सचिव) –920434015
३) डोङ्गा ल्हामु शेर्पा (कार्यसमिति सदस्य)-920043275)
४) स्नेहा परियार (कार्यसमिति सदस्य)-920217125
५) लक्ष्मि परियार (कार्यसमिति सदस्य)-920066018
६) जानकी लामा (कार्यसमिति सदस्य)-920574161
७) सम्झना अधिकारी (कार्यसमिति सदस्य)-920127431
तेस्रो अधिबेशनको लागि यहि अप्रिलको ४ तारीख अर्थात चैत २२ गतेसम्म सदस्यता बितरणको समय रहेको छ। साथै समाजले पोर्तुगलमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई समाजको साधारण सदस्यता लिनुहुन स–विनम्र अनुरोध समेत गरेको छ।