गृहपृष्ठ नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा चिरनकुमार खवास
नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा चिरनकुमार खवास

नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा चिरनकुमार खवास निर्वार्चित भएका छन्।
बेल्जियमको हिजो होटल कार्रपिनस हेरेन्टमा भएको संघको सातौं अधिवेशनले आगामी ३ वर्षको लागि खवासको नेतृत्वमा नयाँ कार्यसमिति निर्वार्चित गरेको हो ।
अधिबेशनले उपाध्यक्षमा कासी दनै, कृष्ण सिम्खडा, रमेस दाहाल, महासचिवमा जगदि सापकोटा, कोषाध्यक्षमा भुवन सुबेदी, सचिवमा बाबुराम शर्मा , रिचा गुरुङ, सहकोषाध्यक्षमा राजु थापा , सदस्यहरुमा लोकेन्द्र नेपाल, प्रिन्स खड्का,बिनोद न्यौपाने, रमेश पौडेल,कुलबहादुर कार्की, सदस्य (क्षेत्रीय संयोजक ) बेदराज पुरी गेन्ट, जितेन्द्र केसी लुभेन , दिपेश सुबेदी ब्रसेल्स, श्रीप्रशाद दवाडी एन्तवेरपेनलाई सर्बसम्मत निर्वाचित गरेको।
मानार्थ पर्यटन दुत तथा एनआरएन बेल्जियम सॅस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, चेतप्रशाद भट्ट र हरी थपलियाको तीन सदस्यिय अध्यक्षमन्डलले नयाँ कार्यसमितीको घोषणा गर्नुका साथै सपथग्रहण गराएको थियो भने निवर्तमान अध्यक्ष यामु निरौलाले नयाँ समितिलाई बधाई दिएका थिए।
बेल्जियममा ब्यबसाय गर्दै आएका नेपालीहरुको सस्था नेपाली ब्यबसायी संघ बेल्जियमले विभिन्न समयमा ब्यबसाय गर्न सहज प्रदान गर्नको लागि बिभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको बताइएको छ।
सामुहिक प्रयासबाट ब्यवसायलाई फाईदामा पुर्याउने गरी एकअर्कालाई सहयोग गर्ने र ब्यबसायिक एकता कायम गर्ने उद्धेश्यले सन् २००६ मा स्थापना भएको नेपाली ब्यबसायी संघ बेल्जियमले नेपाली फुड फेस्टिबल, नेपालमा उत्पादित सामानको प्रदर्शनी र बेल्जियमका ठुला कम्पनीहरु र च्याम्बर अफ कमर्शसँग सहकार्य गरेर बेल्जियममा नेपाललाई प्रबर्धन गरिरहेको र आगामी दिनमा “एकतानै बल हो” भन्ने मुल मन्त्रलाई कार्यान्वयन गर्नका लागि बिभिन्न योजनाहरु तर्जुमा गरेको संघका अध्यक्ष चिरनकुमार खवासले बताए।
उनले नेपाली ब्यबसायी संघ बेल्जियमले थालेका नेपाली ब्यबसायीहरुका हितका कामलाई निरन्तरता दिने र नयाँ कार्ययोजना बनाएर अझ सक्रियतापूर्वक संस्थालाई गतिशित बनाउने प्रतिबद्धता जाहेर गरे।
गत केही महिना अघि बेनेलक्स र युरोपियन युवियनका लागि नेपाली दुताबास ब्रसेल्स राजदुत गेहेन्द्र राजभण्डारी र कार्यक्रम संयोजक चिरन कुमार खवासको अथक प्रयासमा भएको नेपाल फेस्टिभल अहिले सम्म कै ऊत्कृष्ठ र भब्य कार्यक्रम रहेको थियो।
ऊक्त नेपाल फेस्टिभल शैक्षिक नगर लुभेनमा बेल्जियम सरकार परराष्ट्र मव्त्रालय सचिब र बिश्वभरको भारत जापान, , हंगेरी ,रोमानिया लगायत १२ देशको राजदुत ऊपस्थित भएको कारण नै नेपाली कार्यक्रम एतिहासिक बनेको थियो।
नेपाली कला सॅस्कृतिको अबलोकन नेपाली मम लगायतका खानाका परिकार खादै गरेका थिए।
बेल्जियम युरोपको राजधानी रहेको र ८० प्रतिशत नेपाली होटल रेष्टुरेन्ट ब्यबशाय र काममा सॅलॅग्न रहेको आँकडा छ। निबर्तमान महासचिब मदन दवाडीका अनुसार ३५० होटल रेष्टुरा र १६० भन्दा बढी किराना दोकान लगायत अन्य आफ्नै ब्यक्तिगत नेपालीको ब्यबशायमा संलग्न छन। नेपाली ८-९ हजारको संख्यामा बसोबास भाषिक आधारको तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक हो।