२०८० जेठ २४ गत बुधवार | June 07, 2023

गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन अन्तिम चरणमा

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन अन्तिम चरणमा

नेपाली महिला समाज पोर्चुगलले यही आउँदो मे २३तारिख आईतबारको दिन प्रथम अधिवेशन सम्पन्न गर्न गईरहेको छ।

कठिन परिस्थिति बाट जन्मिएर विभिन्न किसिमका चुनौतीहरूलाई झेल्दै अगाडी बढिरहेको स्मरण गर्दै संस्थाका अध्यक्ष निर्मला ढकालले दुई बर्षको अवधिमा विभिन्न किसिमका रचनात्मक कार्यहरू गर्दै पोर्चुगलको नेपाली समाजमा संस्थालाई स्थापित गराउन सफल भएको बताउनु भयो।

विदेशी भुमीमा रहेर विभिन्न समस्यामा गुज्रिरहेका नेपाली महिलाहरूको हकमा होस या देशमा आईपर्ने प्राकृतिक प्रकोपबाट पीडित बालबालिकाहरू , मृगौला ,क्यान्सर, प्यारालाइसिस जस्ता जटिल स्वाथ्य समस्याका कारण अस्पतालमा छट्पटाइरहेका विरामीहरूको घाउमा समेत मलम लगाउदै संस्था अगाडी बढिरहेको समाजकी महासचिव सरिता शर्माले बताउनु भयो।

संस्थाको प्रथम अधिवेशन सम्पन्न गर्न विभिन्न किसिमका समिति तथा उपसमिति हरू चयन गरी जिम्मेवारी प्रदान गरिसकेको र अब कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताउदै संस्थाका उपाध्यक्ष माया खरेलले अनलाई (जुम मार्फत)गर्न लागिएको उक्त कार्यक्रममा जोडिनको निम्ती पोर्चुगल बासी सम्पूर्ण नेपाली महिलाहरूलाई अनुरोध समेत गर्नुभएको छ। संस्थामा हाल सम्म ५०० भन्दा बढी महिलाहरुको आबद्धता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु