२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा माया खराल चयन

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा माया खराल चयन

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।अधिवेशनले जुझारु महिला माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

मे २३ तारिख आइतबार लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमालको प्रमुख आतिथ्यतामा भर्चुअल रूपमा सम्पन्न समाजको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले महिला समाज पोर्चुगलको उपाध्यक्षहरुमा सरिता शर्मा र दीपा लिम्बू(एक स्थान पछि पदपूर्ति गरिने), महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार र देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सह-कोषाध्यक्षमा संगिता थापा मगर चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा अप्सरा बर्तौला, इन्दिरा परियार, सुमित्रा दिवाली, इन्दिरा बस्याल, सीता कडेंल सापकोटा, शान्ता ढुंगाना, रिता ढकाल ,आशा रिजाल, मनिशा दुलाल, शशी शेर्पा, रबिना भाट रहनु भएको छ।

यसैगरी संस्थाको प्रमुख संरक्षकमा लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमाल, संरक्षकमा निवर्तमान अध्यक्ष निर्मला ढकाल र सल्लाहकारहरुमा निवर्तमान कोषाध्यक्ष सुशीला थापा र गीता राना रहेको जानकारी दिइएको थियो।

सुशीला थापाको संयोजकत्वमा गीता राना र निमलामु शेपा रहेको निर्वाचन समितिको तर्फबाट सदस्य निमलामु शेर्पाले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेकी थिइन्।

आइतबार सम्पन्न उद्घाटन कार्यक्रममा अन्य अतिथिहरु एनआरएनए आइसिसीका सहकोषाध्यक्ष लोक दाहाल, पोर्चुगलका नेपाली पर्यटनदूत रमेश गुरुङ एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे,अधिवक्ताहरु राजेन्द्र शर्मा, शारदा पौडेल नेपाल पोर्चुगिस नागरिक महिला अगुवा, जुन्ता फर्गेसियाका प्रतिनिधिहरु लगायत पोर्चुगलस्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत नेपाली समुदायका दर्जनौं व्यक्ति व्यक्तित्वहरुले समाजको अधिवेशन सफलताको शुभकामना दिएका थिए।

सो अवसरमा संस्थालाइ महत्त्वपूर्ण सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाइ सम्मान समेत गरिएको थियो।

समाजकी तत्कालीन अध्यक्ष निर्मला ढकालको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तत्कालीन उपाध्यक्ष माया खरेल र संचालन तत्कालीन महासचिव सरिता शर्माले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु