गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको आयोजनामा एक महिने ब्युटिसियन तालिम सम्पन्न
नेपाली महिला समाज पोर्चुगलको आयोजनामा एक महिने ब्युटिसियन तालिम सम्पन्न

नेपाली महिला समाज पोर्चुगलको आयोजना र लुक्स ब्युटिपार्लर को सहयोगमा संचालित एक महिने ब्युटिशिएन तालिम अल्मदामा सम्पन्न भएको छ।
समाजले पोर्चुगलमा रहनु भएका बेरोजगार, नव आगन्तुक तथा सिप सिक्न अति ईच्छुक नेपाली दिदीबहिनीहरुलाई लक्षित गरी गत नोभेम्बर एक तारिख देखि तीस तारिख सम्म निशुल्क रूपमा तालिमकोआयोजना गरेको थियो।
तालिम मा Menicure, Pedicure लगायत ब्युटिसियन सम्बन्धी सीपहरू सिकाईएको अल्मदामा संचालित लुक्स ब्युटिपार्लरकी प्रोपाईटर तथा प्रशिक्षक निशु खड्काले बताउनु भयो।
सहभागी गिता फुयाँल लगायतले प्रदेशको ठाऊँमा रहेर पनि यस्तो खालको अवसर पाउँदा हौसला थपिएको भन्दै खुशी व्यक्त गर्नु भयो।सहभागीहरूले रोजगारीको निम्ति प्रतिश्पर्धा गर्न सक्ने क्षमता बढेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष निर्मला ढकाल, विशिष्ट अतिथि प्रशिक्षक निशु खड्का, सरिता शर्मा कार्यसमिति सदस्य तथा तालिमका प्रशिक्षक रिता ढकालले सहभागीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै सुन्दर भबिष्यको शुभकामना व्यक्त गर्नु भयो।
नेपाली महिला समाज पोर्चुगल ले गत बर्ष पनि लिस्वन हेयर एण्ड ब्युटी पार्लर को सहयोगमा १० जना नेपाली दिदीबहिनीहरुलाई यस्तै किसिमको सिप प्रदान गरी सकेको छ।
फेरी पनि ईच्छुक दिदीबहिनीहरू भए तालिमलाई निरन्तरता दिदै लैजाने आयोजक ले बताएको छ।समापन कार्यक्रम संस्थाका अध्यक्ष माया खरेल को अध्यक्षता मा सम्पन्न भएको हो।