२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न,आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक

नेपाली महिला समाज पोर्चुगलको बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न,आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक

नेपाली महिला समाज पोर्चुगलले भब्य र सभ्य रुपमा बार्षिक साधारण सभा सम्पन्न गरेको छ।समाजले दोस्रो पटक साधारण सभाको आयोजना गरेको हो।

स्थापनाकालदेखीनै महिला हक हितका निम्ति उदारहणिय कार्य गर्दै आइरहेको समाजले हरेक कार्यलाई पारदर्शीक रुपमा सार्वजनिक गर्दै आइरहेको छ।

लिस्वनको एभरेस्ट होटेलमा भएको कार्यक्रममा समाजले आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको छ। लिस्वन स्थित अवैधानिक बाणिज्य दूत मकर हमालको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रममा प्रमुख अतिथी हमाले महिला समाज पोर्चुगलको लागि एक उदारणिय सस्था रहेको बताए।महिलाहरूको समस्या समाधानका निम्ति सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने उनको भनाई थियो।

त्यस्तै विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

उल्लेख्य सहभागीतामा सम्पन्न कार्यक्रमको सभापतित्व सस्थाकी अध्यक्ष माया खरेलले गरेकी थिइन् भने कार्यक्रमको संचालन महासचिव शान्ति अर्याल अधिकारीले गरेकी थिइन्।आगामी दिनमा पनि यस्तै रचनात्मक एवं सृजनातम्क कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष खरेलले बताइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु