२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको आयोजनामा तीज विशेष कार्यक्रम हुने

नेपाली महिला समाज पोर्चुगलको आयोजनामा तीज विशेष कार्यक्रम हुने

प्रवासी भूमिमा नेपाली संस्कृति र चाडपर्वको जगेर्ना गर्दै पोर्चुगलमा सक्रिय एक अग्रणी सामाजिक संस्था महिला समाज पोर्चुगलले नेेपाली महिला दिदीबहिनीकोहरूको महान चाड हरितालिका तीजको अवसरमा साँस्कृतिक प्रस्तुति सहितको तीज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।


आगामी अगष्ट २१ तारिख आईतबार अर्थात भदौ ५ गते पोर्चुगलको राजधानी लिस्वनको मुटु मानिने मार्तिमुनिज पार्कमा स्थानीय कलाकारहरुको साथमा तीज बिशेष बृहत कार्यक्रमको आयोजना गर्न लागिएकोले पोर्चुगलस्थित सम्पूर्ण संघ -संस्था, संगठनका प्रतिनिधिहरु एवं समस्त नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा” गरिएको समाजकी अध्यक्ष माया खरेलले बताइन्।

विगतमा झैं यसपटक पनि सबै दिदीबहिनी तथा दाजुभाइहरुको सहयोग र सद्भाव प्राप्त हुने कुरामा उनले विश्वास व्यक्त गरिन। कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुनेछ।


महिला समाजले विगत बर्षहरुमा पनि तीजको अवसरमा वृहत साँस्कृतिक र दर खुवाउने कार्यक्रम आयोजना गर्दै आएको छ। यसबर्षको हरितालिका तीजको व्रत ३० अगस्ट अर्थात भदौ १४ गते मंगलबार परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु