२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलले निशु:ल्क सिप सिकाउदै

नेपाली महिला समाज पोर्चुगलले निशु:ल्क सिप सिकाउदै

नेपाली महिला समाज पोर्चुगलले एक महिने निशुल्क ब्युटिशिएन तालिम संचालन गरेको छ। लिस्वन हेयर एण्ड ब्युटीले सहयोग गरेको तालिममा पार्लर का प्रोपाईटर मिरा कार्कीले निशुल्क रुपमा प्रशिक्षण दिनु भएको छ।

पोर्चुगलको नेपाली समाजमा बिगत लामो समयदेखि आफ्नो छुट्टै स्थान बनाउदै आईरहेको महिला समाजले बिभिन्न किसिमका सामाजिक कार्यहरूमा आफ्नो उपस्थिति देखाउनुका साथै पोर्चुगल मा रहेका नेपाली महिलाहरूलाई लक्षित गर्दै सिपमुलक तालिमहरु समेत संचालन गर्दै आइरहेको छ।

समाजले यो भन्दा अगाडि पनि लिस्वन हेयर एण्ड ब्युटी र लुक्स ब्युटिपार्लर अल्मदा को सहयोगमा दुई पटकसम्म यस्तो किसिमको तालिम प्रदान गरिसकेको छ।

पोर्चुगलमा नयाँ आउनु भएका, बेरोजगार र सिप सिक्न अति ईच्छुक दिदीबहिनीलाई पहिलो प्राथमिकतामा राखी सिप प्रदान गर्दै आएको संस्थाका अध्यक्ष माया खरेलले बताउनु भयो।


१४ जना नेपाली महिलाहरू सहभागी भएको उक्त तालिमको उद्घाटन अक्टोबर नौ तारिख आईतबार गरिएको थियो।

सम्पूर्ण सहभागीहरूलाई सफलता को शुभकामना ब्यक्त गर्दै संस्थाका संस्थापक अध्यक्ष निर्मला ढकालले सिप सिकेर आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरति गर्नुभयो।

प्रशिक्षक मिरा कार्कीले ठूलो संघर्षबाट आफुलाई सफलता मिलेको स्मरण गर्दै उत्साहित ढंगबाट तालिममा सहभागी हुन आग्रह गर्नु भयो।

बिदेशी भुमिमा पनि यस्तो खालका अवसरहरू प्राप्त हुँदा निकै उत्साहित भएको भन्दै सहभागीहरूले संस्था र प्रशिक्षक दुबैलाई धन्यवाद ब्यक्त गरेका थिए।


तालिम उद्घाटनको अवसर पारेर संस्थाले शुभ बिजया दशमी, शुभ दिपावली, छठ नेपाल सम्बत लगायतका धार्मिक तथा नेपाली सास्कृतिक चाडपर्वहरूको शुभकामना समेत आदनप्रदान गरेको छ।


संस्थाका महासचिव शान्ति अर्यालको संचालनमा चलेको उद्घाटन कार्यक्रम कोषाध्यक्ष शोभा गिरी को स्वागत र अध्यक्ष माया खरेलको अध्यक्षता मा सम्पन्न भएको थियो।


तालिममा नङ सम्बन्धी मेडिकेएर, पेडिकेएर,जेलिनो ,जेल र थ्रेडिङ को बिषयमा प्रशिक्षण दिईने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु