गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन आगामी मे २३ तारीखमा हुने
नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन आगामी मे २३ तारीखमा हुने

नेपाली महिला समाज पोर्चुगलले प्रथम अधिवेशन गर्ने भएको छ । अप्रिल ११ मा अनलाईन मार्फत बसेको कार्य समिति तथा सल्लाहकार समितीहरूको बैठकले यही आगामी मे 23 तारीख को दिन अधिवेशन गर्ने निर्णय गरेको हो।
विश्व महामारीको रूपमा फैलिरहेको कोभिड -१९ लाई मध्यनजर गर्दै कार्यक्रम भर्चुअलनै गर्ने निर्णय समितीले गरेको छ।
अधिवेशन सम्पन्न गर्नको लागी संस्थाका अध्यक्ष निर्मला ढकाल संयोजक रहेको ५१ सदस्यीय कार्यक्रम ब्यबस्थापन मूल समितीको गठन गरिएको छ।त्यस्तै विभिन्न उपसमितिहरू पनि गठन गरी जिम्मेवारी प्रदान गरिएको छ।
जस अन्तर्गत:क.एनआरएनए पोर्चुगलका महिला संयोजक शुशीला थापाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिती गठन भएको छ जसको सदस्यमा गिता राना , निलम्बु शेर्पा (स्माइल) रहेका छन्।
ख .संस्थाका उपाध्यक्ष माया खरेलको संयोजकत्वमा ५ सदस्यीय बिधान संशोधन समिती ,सदस्यहरुमा निर्मला ढकाल , सरिता शर्मा, शान्ती अर्याल अधिकारी, शोभा गिरी रहेका छन्।
ग .कार्यक्रम ब्यबस्थापन उप समिती संयोजक: सरला तिमल्सिना,सदस्य:सुमित्रा दियाली ,इन्दिरा शाही परियार ,तिलु पौडेल ,शोभा गिरी रहेका छन्।
घ . प्रचार प्रसार उप समिती ,संयोजक: शान्ती अर्याल अधिकारी सदस्य: सरिता शर्मा, शर्मिला ढुंगाना, रिता सापकोटा सरला तिमल्सिना रहेका छन्।
ङ.सदस्यता बितरण उप समिती,संयोजक: सरिता शर्मा सदस्य: देवका थपलिया , गोमा गैरे देवकोटा, माया खरेल ,निर्मला ढकाल रहेका छन्।
च .आर्थिक ब्यबस्थापन उप समिती ,संयोजक .शुशीला थापा सदस्य: सरस्वती पौड्याल ,नानीमैया तामाङ, अनु नेपाली ,शर्मिला खनाल रहेका छन्।