गृहपृष्ठ नेपाली माइकल ज्याक्सन राईले पोर्चुगलको राजधानी लिस्वनलाई नचाए
नेपाली माइकल ज्याक्सन राईले पोर्चुगलको राजधानी लिस्वनलाई नचाए

राजकुमार थापा,लिस्वन:नेपाली माइकल ज्याक्सन उपनामले समेत चर्चित पप किङ्ग धिरज राईले नयाँ बर्ष २०८० को अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा धमकेदार प्रस्तुति दिंदै सबैलाई नचाएका छन्।
किराँत राई सोसाइटी पोर्चुगलले गत अप्रिल १६ तारिख आइतबार आयोजना गरेको कार्यक्रममा भव्य रूपमा उपस्थित नेपालीहरु उनको गीत,संगीत र प्रस्तुतिमा रमाएका थिए।
एकआपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएकोमा किराँत राई सोसाइटी पोर्चुगलका अध्यक्ष दिपेश राईले सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विश्वव्यापी जागरण अभियान पनि चलाउँदै आएका धिरज राई अहिले आफ्नो सांगितिक प्रस्तुतिका लागि युरोप भ्रमणमा छन्।