२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ नेपाली वाणिज्यदूतावास लिस्बनले आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श दिने

नेपाली वाणिज्यदूतावास लिस्बनले आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श दिने

लिस्बन, पोर्तुगल । लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतावासले कोरोना महामारीबाट स्वास्थ्य समस्या तथा आकस्मिक आपत विपतमा परेका नेपालीलाई सहयोग र परामर्श गर्ने जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले पोर्तुगीस सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन र सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पोर्तुगलमा रहने नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले सहयोग र परामर्शला लागि सम्पर्कका गर्नुपरेमा मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।

वाणिज्यदूतावासले फेसबुकमा गरेको आव्हान !

सतर्कताका लागि हार्दिक अनुरोध !!

बिश्व भरी तिब्र गतीमा फैलिरहेको कोरोना भाईरस (COVID-19) को महामारीले समग्र बिश्व प्रभावित हुँदा थुप्रै जन धनको क्षति भई धेरै जसो मुलुकहरु स्वास्थ्य संकटकालको स्थिती बाट गुज्रीरहेको जग जाहेर छ । पोर्तुगलमा पनि भाईरसको संक्रमण बढ्दो देखिएपछि गत बुधबार् ( १८ मार्च) का दिन पोर्तुगाली महामहिम रास्ट्र्पती ज्यु बाट सिर्जित परिस्थितीको गाम्भिर्यतालाई स्थिर राखी निर्मुल गर्न र थप संक्रमण बढ्न नदिन स्वास्थ्य संकटकाल घोषणा भई हामी लागयत समस्त पोर्तुगाली समुदाय लगभग Home Quarentine को जिवन बिताइरहनु परेको छ ।

यो गम्भिर परिस्थिती बाट सुरक्षित रहन WHO तथा बिभिन्न सरकारी संचार माध्यम बाट प्रशारित तथा प्रकाशित Precautions हरुको पालना गरी आ आफ्नो घरबाट अत्यावस्यक काम बाहेक बाहिर ननिस्किन हार्दिक अनुरोध गर्दछों ।

यो समय अवधीको बिचमा पोर्तुगलमा रहनुहुने नेपाली दिदिबैनी तथा दाजुभाईहरुमा आइपर्ने संबन्धित स्वास्थ्य समस्या तथा आकस्मिक आपत बिपतमा सहयोग र परामर्षका लागी नेपाली कन्सुलेट लिस्बन पोर्तुगलको मोबाइल नंबर ९६९१९०९१९ मा संपर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछों ।

– नेपाली कन्सुलेट लिस्बन, पोर्तुगल ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु