गृहपृष्ठ नेपाल अपडेट:गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु
नेपाल अपडेट:गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु

बिस्तारै नेपालमा पनि कोरोना भाइरसले तहल्का मच्चाउने संकेत दिएको छ।पछिल्लो रिपोर्ट अनुसार बुटवलमा उपचाररत गुल्मी मदाने गाउँपालिकाका एक शिक्षकको बिहीवार मृत्यु भएको छ ।
यससंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको बिहिवार बिहान मृत्यु भएको अस्पताल स्रोतले बताएको छ।
उनी केही दिनअघि उच्च ज्वोरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए। पछि पिसिआर गर्दा उनको कोरोना पोजेटिभ देखिएको थियो।