Covid-19
City Express

नेपाल अपडेट: ७ कोरोना पोजेटिभ थपिए, संक्रमित संख्या १०९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको संख्या बढेको जानकारी दिएको हो ।उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु