२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलले आयोजना गरेको शव व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न,अन्तरक्रियाबाट आएका निचोडहरु यस्ता छन् !

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलले आयोजना गरेको शव व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न,अन्तरक्रियाबाट आएका निचोडहरु यस्ता छन् !

पोर्चुगलमा रोजगारीको सिलसिलामा ५० देखि ६० हजार नेपालीहरुको बसोबास रहेको अनुमान गरिएको छ। त्यहीँ क्रममा विभिन्न कारण बस पछिल्लो समय नेपालीहरुको मृत्यु हुनेको संख्या उल्लेख्य रहेको छ।

यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलले शव व्यवस्थापन सम्बन्धि दिगो समाधानका उपायका सन्दर्भमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।

पोर्चुगलको लिस्वनमा भएको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा पोर्चुगल स्थित नेपाली अवैतानिक महाबाणिज्य दुत मकर हमाल,गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष उमेश खड्का लगायत विभिन्न संघ – सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा सहभागिहरुले शव व्यवस्थापनका सन्दर्भमा सामाजिक संजालमा जथाभावी चन्दा संकलन कार्य तत्काल बन्द गर्नुपर्नेमा विशेष जोड दिएका थिए।अर्कोतर्फ मृत्यु वरण हुने बित्तिकै सामाजिक संजालमा मृतकको फोटो राख्दा सम्बन्धित परिवारको संबेदनसिलतालाई ध्यानमा राख्नु पर्ने बिषयलाई पनि विशेष जोड दिइएको थियो।

भेलाले आगामी दिनमा व्यक्तिगतरुपमा चन्दा उठाउने कार्यलाई निरुत्साहित गर्ने,शव व्यवस्थापन सम्बन्धि सहयोग रकम जुटाउदा सस्थागतरुपमा निर्णय गरेर मात्र उक्त कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ।त्यसैगरी शव व्यवस्थापनका सन्दर्भमा समवन्य समिति निर्माण गरी देखा परेका समस्या समाधान गर्न पोर्चुगलमा रहेका सबै क्रियासिल संघ-सस्था एकीकृत भएर लाग्ने निष्कर्ष निकालिएको छ।

कार्यक्रम सस्थाको अध्यक्ष चोप कुमार मगरको सभापतित्व र महासचिव प्रेम चन्द्र लिम्बूको संचालनमा सम्पन्न भएको थियो।


सर्वपक्षीय अन्तरक्रियाले गरेका निर्णयको सन्दर्भमा सस्थाले एनआरएनए पोर्चुगललाई पत्र पठाएको छ भने नेपाल पत्रकार महासंघ युरोप शाखालाई पनि जानकारी गराएको छ।
हेरौं अन्तरक्रियाले गरेको निर्णय वृस्तृतरुपमा….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु