Covid-19
City Express

नेपाल चलाऊन अब नेता हैन प्रबिधियुक्त सफ्टवेयर आवश्यक छ।

यो टाइटल हेर्दा सायद अचम्म लाग्न सक्छ तर मैले यस्तै देखेको छु।मैले नेपालको ईतिहास त पढेर र सुनेर थाहा पाएको हुँ । तर मैले प्रत्यक्ष आँखाले देखेको आन्दोलन चाहिँ २०६२- २०६३ को जनआन्दोलन हो। त्यती बेला म सडकमा उत्रन सक्ने उमेर नभए पनि त्यो आन्दोलनको सन्दर्भमा बुझ्न अवस्य सक्थे। त्यस्पछीका नेपाली राजनीतिक घटनाक्रम राम्रै सँग नियाल्दै आएको छु।

जनआन्दोलन ताका म १४ बर्षको थिए। त्यो भन्दा अगाडि टिभी त मेरो घरमा थिएन तर रेडियोमा माओवादी र सरकारी सुरक्षा फौजको भिडन्तमा यतिको मृत्‍यु , अर्को ठाउँमा बम बिस्फोट भन्ने समाचार सुनिरहन्थे।

पहिलाको कुरा गर्दिन जुन मैले सुनेको छु। मात्र मैले प्रत्यक्ष नियाल्दै आहिरहेको २०६२-६३ को जनआन्दोलनपछि आज २०७७ सम्म आईपुग्दासम्म पनि सत्ता र कुर्चीको लोभमा देशको ढुकुटी , गरिब -दुखी नेपाली जनता को रगत पसिनाले कमाएर बुझाएको कर र भर्खर जुगांकोरेखी बस्दै गरेका कलिला युवाले विदेशमा घोटिएर कमाएको रेमिट्यान्स सम्झदा पनि छाती चिरिएर आउछ।

हो बिनाशबिना बिकास सम्भब छैन तर त्याग बलिदान बिना परिवर्तन सम्भव छैन। त्यो हजारौ युवालाई शहिद बनाइ ल्याइएको परिवर्तनले के दियो तिनीहरुका परिवारलाई! जब कोही बेक्ती देशको लागि र परिवर्तनको लागि शहिद हुन्छ भने सबैभन्दा बढी पिडा उसको परिवारलाई हुन्छ। एकातर्फ उसको परिवारले आफ्नो सन्तान पनि गुमाएको अवस्था छदैछ भने अर्कोतर्फ उसको जिनबाट जन्मेका बालबालिकाले आफ्नो बाबु गुमाएका छन्।

त्यस्तो अवस्थामा मेरो माता-पिता शहिद बनि आएको परिवर्तन हो भनेर गर्व गर्न सक्ने लायक बन्नु पर्थ्यो रास्ट्र। सम्झन मन लाग्दैन ति पुछिएका सिउदोहरु , सन्तान गुमाएका ति आमाका काखहरु र अभिभावक गुमाएका ति कलिला बच्चाहरु।

संसार प्रबिधीको युग छ।यही प्रबिधीका कारणले संसारको जुन कुनामा बसेर पनि देशका हरेक घटनाक्रम नियाल्न पाइएको छ। जुन परिवर्तनको लागि नेपाली जनताले आसु, रगत र पसिना बगाएका थिए त्यो परिवर्तन आउन नेपालमा सकेको छैन र छिट्टो आउने छाटकाट पनि छैन। अरबौ पैसा हावामा उडाएर निर्वाचन गरेको के काम !

अब देश नेताका हातमा पूर्ण छोड्नु भनेको बादरका हातमा नरिबल भन्ने आख्यान जस्तै हुनेभयो। हरेक क्षेत्र प्रबिधीयुक्त बनाइयोस् ताकी १० बर्ष पछी हेर्दा पनि पारदर्शी देखियोस्। राजस्व , कर र आर्थिक गतिबिधी सबै सफ्ट्वेरका माध्यमबाट रेकर्ड राखियोस्। ढड्डामा लेख्ने र मेट्ने च्यात्ने कामको अन्त्य होस्। प्रधानमन्त्री नै किन नहोस् कार्यकाल सकिएपछि सामान्य नागरिक सरह बस्ने सिस्टम बनाइयोस्। पटक- पटक दोहोर्याएर एकै ब्यक्तीलाई सरकार चलाऊन नदिईयोस्। ए बाबा खेल खेलेको हो र त राजा, म मन्त्री फेरी म राजा त्यसपछी फेरी त राजा – यस्तो पनि हुन्छ।

यदि देशको सच्चा सेवक हो भने तपाईंहरु के पि ओली ज्यु , प्रचन्ड ज्यु ,राम्चन्द्र पौडेल ज्यु , माधव कुमार ज्यु र बाबुराम ज्यु लगायत सबै जना छोड्नु होस् कुर्चीको खेल। तपाईंहरुका चुनाव घोषणा पत्र र कार्यशैली देखिसके सबै जनताले। सबैजना एकै मन्चमा उभिएर स्विकार्नु होस् न आफ्नो गल्ती र माफि माग्नुहोस् नेपाल आमासँग।

त्यसपछि देशमा भित्र्याउनु होस् प्रबिधी। भ्रस्टाचार गर्ने पैसाले खरिद गर्नुहोस् संसारका दिग्गज दिमागहरु लाई अनी देशलाई प्राबिधिक सिस्टममा राख्नु होस्। दुनियासँग नगद हैन प्राविधिक सहयोग माग्नु होस्।जय नेपाल आमा,जय रास्ट्र।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु