२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमामा पुन: मियाँ

नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमामा पुन: मियाँ

नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा करिमबक्स मियाँ पुन: चयन भएका छन्। मियाँ दुई दशकदेखि कतारमा कार्यरत छन्।

दोहामा सम्पन्न शाखाको सातौं अधिवेशनले मियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षद्वय नवराज विक र दिलकुमार श्रेष्ठ, सचिव ढाकाराम पौडेल, सहसचिव दिलिप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर रहेका छन्।

त्यस्तै, सदस्यहरु लीलामणि पन्थी र टेकराज थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु