२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ युरोपमा नेपाली पत्रकारीताको इतिहास

युरोपमा नेपाली पत्रकारीताको इतिहास


युरोपमा नेपाली पत्रकारीताको इतिहास

युरोपियन युनियन भित्रका देशहरुमा मर्यादित पत्रकारीता अत्यन्त सम्मानित पेशाको रुपमा स्थापित छ। युरोपियन युनियनले कानुन बनाएरै पत्रकारहरुको सम्मानपुर्वक ब्यबस्थापन, लेखन र वाक स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकारहरुको संरक्षण गरेको छ। त्यसैले नेपाली पत्रकारहरुले पनि आफ्नो संगठन निर्माण गर्दै युरोपभरका विभिन्न देशमा छरिएर नेपाली पत्रकारहरुले पनि आफ्नो संगठन निर्माण गरेर अहिले ढुक्कसंग पत्रकारिता गरेका छन्।

युरोप महादेश भित्र नेपाली मिडिया र पत्रकारिताको ईतिहास हेर्दै जानेहो भने सन् २००४ बाट “युरो नेपाल अनलाइन डटकम ” पहिलो अनलाइन पत्रिका केजिन राई र इन्दिरा चाम्लिङको सम्पादनमा पोर्चुगलबाट निस्किएको हो। त्यसको केही बर्षपछी फ्रान्सबाट “पालुवा डटकम ” दधि सापकोटाको सम्पादनमा र पोर्चुगलबाटै “पोर्तो नेपाल डटकम” लक्ष्मण देबकोटाको सम्पादनमा अनलाइन पत्रिका अखबार प्रकाशित भएको इतिहास रहेको छ।त्यसैगरि बेल्जियममा तेजबहादुर नेपाली प्रधान सम्पादक रहेको “द एभरेष्ट टाइम्स ” सन् २००६ को जुन २ तारिखबाट निस्केको त्यो साप्ताहिक पत्रिका बेलायत बाहेक युरोपको पहिलो नेपाली प्रिन्ट मिडिया हो।

त्यसपछि बेल्जियम, स्विजरल्याण्ड, स्पेन, पोर्चुगल, हल्याण्ड, फ्रान्स, अस्ट्रिया, पोल्याण्ड, साइप्रस , डेनमार्क , नर्वे, जर्मनी लगायत विभिन्न देशहरुमा रहेका नेपाली पत्रकारहरुले विभिन्न अनलाइन मिडिया मार्फत समाचारहरु सम्प्रेषण गरिरहेका छन्।

पूर्णकालिन ब्यबशायिक हुन नसकेपनि युरोपका नेपाली पत्रकारहरुले समाजलाई सूचना सम्प्रेषणको क्षेत्रमा निकै मेहनतपूर्वक काम गरिरहेको कसैबाट छिपेको छैन।प्रेश मिडियाको क्षेत्रमा स्पेनबाट निस्कने नेपाली वेब र हालसालै पोर्चुगलबाट दोस्रो अंक समेत प्रकाशन गर्न सफल ” हाम्रो नेपाली ” योगेन्द्र मिलन छन्त्याल सम्पादकमा मासिक पत्रकारिताको क्षेत्रमा उल्लेख्य फड्को हो भन्न सकिन्छ।

नेपाल पत्रकार महासंघको इतिहास

छ दशक भन्दा बढी लामो र गौरबमय ईतिहास बोकेको नेपाली पत्रकारहरुको एक मात्र छाता संगठन नेपाल पत्रकार महासंघको आवस्यकता र इतिहास र बिगतबारे सबैभन्दा पहिले संक्षिप्त भन्नु अपरिहार्य हुन्छ।

युरोपमा रहेका नेपाली समाज -समुदायहरु र संघसंथाहरुका क्रियाकलापहरुको बारेमा नेपाली समुदाय माझ सुचना प्रवाह गर्ने गराउने र सामाजिक ब्यतिथि र बिसंगतिहरु बिरुद्धमा कलम चलाउने पत्रकारहरुलाइ युरोपमा एकाकार हुदै श्रमजीबी पत्रकारहरुको हकहितको निमित्त सदैभ तम्तयार रहनका लागि प्रवासमा पत्रकारहरुको छाता संगठनको आवश्यकता महसुस गर्दै युरोपमा सबैभन्दा पहिले सन् २००७-८ मा पोर्चुगलमा केजिन राईको अध्यक्ष र महासचिब लक्ष्मण देवकोटा रहेको ७ सदस्यीय पत्रकार महासंघको शाखाको स्थापना भएको थियो।

केन्द्रले स्वीकृत गरेको ,तत्कालिन केन्द्रीय महासचिब पोषण केसीको पत्र र माइन्युट केन्द्रीय दस्ताबेजको रूपमा रहिसकेको सिंगो र जिवन्त इतिहास रहेको छ।तत्पश्चात सन् २०१२ मा ददी सापकोटाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ युरोप तदर्थ शाखा गठन भएको थियो।

स्थापना कालको तदर्थ समितिका सदस्यहरुमा बेल्जियमबाट केजिन राई , नेदरल्यान्ड्सवाट पुष्प बरुवाल, पोर्चुगलवाट बाबुराम भुसाल, बेल्जियमवाट सन्तोष न्यौपाने ,डेनमार्कवाट सरस्वती कार्की ,, पोर्चुगलवाट लक्ष्मण देवकोटा, स्वीजरल्याण्डवाट उषा तिवारी, डेनमार्कवाट प्रकाश ढकाल , नर्वेवाट टेक गिरी र जर्मनीबाट टेक नेपाली रहनु भएको थियो।

सन् २०१२ को सेप्टेम्बर २ तारिख फ्रान्सको पेरिसमा सम्पन्न पहिलो अधिबेसन महासंघको केन्द्रीय अध्यक्ष शिव गाउँलेको उपस्थितीमा भएको सो अधिवेशनले युरोप शाखाको लागि महेश थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिबेशनमा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले बिशेष अतिथि आसनबाट पत्रकारहरुले समाज परिवर्तन गर्न सक्ने क्षमता राख्ने तर मर्यादित रुपमा कलम चलाउनुपर्ने बताएका थिए। उक्त अधिवेशन तदर्थ कार्यसमितिका संयोजक दधि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन् २०१४ को सेप्टेम्बर १४ का दिन बेल्जियमको दोस्रो अधिबेसन पछी केजिन राईको अद्यक्ष्यतामा २०१४-१७ को लागि कार्यसमिति चयन गरेको थियो। सन् २०१७ को जुन २४ तारिखका लुभेनमा सम्पन्न तेस्रो अधिबेसनले पुनः केजिन राईको नेतृत्वमा कार्यसमिति निर्माण भएको थियो र अहिले त्यहि कार्यसमितिले निरन्तरता पाइरहेको छ। अत्तिथिहरू केन्द्रीय बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारी बरिष्ठ पत्रकार कामना प्रकाशन समूह अध्यक्ष पुष्करलाल श्रेष्ठ , महासंघ बेलायत अध्यक्ष नरेश खपांगी हुनुहुन्थ्यो।

एनआरएन आइसीसी सचिब अर्जुन कुमार श्रेष्ठ, आइसीसी सदस्य नेत्र मगर , पदम गुरुङ ( बेल्जियम ), एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, नेपाली संघिय समाज बेल्जियमका महासचिब लोक राणा, नेपाली जन सम्पर्क समिति बेल्जियमका महामन्त्री सुभास गुरुङ, नेपाली जन प्रगतिशील मंच बेल्जियमका अध्यक्ष जित लामा, तामांग समाज युरोपका अध्यक्ष बाबुराजा लामा लगायतका अतिथिहरुले शुभकामना दिदै सहभागिता जानाउनु भएको थियो ।

युरोप महादेशका १५ भन्दा बढी राष्ट्रहरूबाट सहकर्मी पत्रकार

अहिले युरोप महादेशका १५ भन्दा बढी राष्ट्रहरूबाट सहकर्मी पत्रकार साथीहरुको युरोप शाखामा प्रतिनिधित्व रहेको छ। जनवरी ८ ,२०२० मा बसेको कार्यसमितिको बैठकले इन्जामा जाने कार्यसमितिका सदस्यहरुको राजिनामा स्वीकृत गर्दै खालि पदहरुमा नयाँ सदस्यहरुलाइ थप जिम्मेवारी सहित कार्यसमितिमा राखिएको थियो।

सल्लाहकारहरुमा पंचम अधिकारी ( बेल्जियम ),पुष्प बरुवाल ( नेदरल्यान्ड्स ), अध्यक्ष: केजिन राई ( बेल्जियम ),बरिष्ठ उपाध्यक्ष; डिल्लीराम आम्माई ( बेल्जियम ), उपाध्यक्ष राज कुमार दिक्पाल ( पोर्चुगल ), महासचिब ; योगेन्द्र मिलन छन्त्याल ( पोर्चुगल), सचिबहरुमा क्रमशः द्रोण रिजाल ( नेदरल्यान्ड्स ), महेश कुमार खाती ( डेनमार्क ), पेम्बा गेलु शेर्पा ( पोर्चुगल ), वाई बि गुरुङ ( पोर्चुगल ), कोषाध्यक्ष; तेज बहादुर नेपाली ( बेल्जियम ), सदस्यहरुमा क्रमशः आनन्द गुरुङ ( पोर्चुगल), भोला लामिछाने ( स्पेन ), बिरमान मगर ( बेल्जियम ), दिनेश गौतम ( साइप्रस ), दिपेन्द्र गजुरेल ( स्पेन ), जंगम खड्का ( स्विजरल्यान्ड्स ), जित गुरुङ ( बेल्जियम ), महिन्दो वाइबा ( इटाली ), प्रेम परियार ( नर्वे), प्रेम पोमु ( जर्मनी ), राजकुमार थापा ( पोर्चुगल ), रविचन्द्र भट्टराई ( अस्ट्रिया ), सरला कट्टेल ( नर्वे ), शेर बहादुर छन्त्याल ( बेल्जियम ), शेर बहादुर परियार ( पोल्याण्ड ),युबराज फुयाल ( स्विजरल्यान्ड्स ) रहनु भएको छ।

नोभेम्बर ८ तारिख २०२० मा बसेको कार्यसमितिको अठारौँ बैठकले अर्को शाखामा स्थानान्तरण भएर जानु भएका संस्थामा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै ,बधाई दिदै, ससम्मान बिदाइ गर्दै र स्वेच्छाले राजिनामा दिनुभएका कार्यसमितिका केहि सदस्यहरुको राजिनामा समेत स्वीकृत गरि ससम्मान बिदाइ गरेको थियो।

अहिले बनेको कार्यसमितिको जिम्मेवारी सहित युरोप शाखाको वेबसाइट https://fnjeurope.org/resources साथै फेसबुक पेज @Fnjeurope2012 मा जानकारी गराइएको छ।

शाखाका गतिविधिहरु :-

सन् २०१२ अक्टुबर १९ तारिखका दिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संग अन्तरक्रिया गरेको थियो । त्यसै गरि सिपि गजुरेल, मोहन बैध्य, नेकपा एमाले नेता भिम रावल,एनआरएन आइसीसी अध्यक्ष शेष घले,भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायत संग अन्तरक्रिया कार्यक्रम गरेको थियो।

सन् २०१२ नोभेम्बर २५ तारिखका दिन नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा बेल्जियमको आन्त्वेरपेन शहरमा ” पत्रकारहरुको क्षमता अभिवृद्धि ” नामक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।

२०७३ पुस २६ गते नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरलाई प्रवासमा रही नेपाली पत्रकारितामा पुर्याएको योगदानका लागि नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको थियो । बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले संयुक्त रुपमा श्री मगरलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।

युरोप शाखाका बरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको उक्त कार्यक्रममा तत्कालिन एनआरएन आइसीसी सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली कांग्रेसकी महासमिति सदस्य सिता सापकोटा, तामांग समाजका बाबुराजा तामांग र राम लामा, शेर्पा संघका पिटी शेर्पा र आन्ग्फुरी शेर्पा, विश्व मगर फेडेरेशनका अध्यक्ष मार्के मगर, संघिय समाजका महासचिब लोक राना , पत्रकार बिरमान मगर लगायतको उपस्थिति रहेको थियो।

लक्जेम्बर्गमा जुलाई २८,२९ र ३० तारिक सम्म चलेको युरोप क्षेत्रीय बैठक १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।कार्यक्रमको ढोकामा आएर पत्रकार महासंघको ब्यानर उभियो एनआरएनहरुलाई हामीले उनीहरुकै मंच प्रयोग गरेर अन्तरक्रिया गरि गहकिलो सन्देश दियौं। पत्रकारको खबरदारी अभियानकै हितमा हुन्छ भन्ने कुरा उनीहरुलाई महसुस गरायौं।

फ्रान्कफर्ट जर्मनी ,बार्सिलोना स्पेन , कोपेन्हेगन डेनमार्क आदि एनआरएन यूरोपियन क्षेत्रीय भेलाहरूमा सकृय सहभागी हुदै त्यो भेला पछि डायस्पोराका पत्रकारहरुको मुख्य अभियानको गुदी एनआरएन अभियान र त्यसको सुद्धिकरण नै हो, त्यसको रक्षा कवच डायस्पोराका नेपाली पत्रकार नै हुन्, त्यसैले यी दुबैको अस्तित्व संगसंगै मात्र जीवित रहन सक्छन् भन्ने कुराको महसुस गरायौं।

प्रवासमा रहेका पत्रकारहरुलाई विभिन्न समयमा समाचार लेखे बापत विभिन्न धम्किहरुको बिरुद्धमा एक स्वरले बिरोध गरेको उदाहरणहरु धेरै छन्। त्यसैले पनि महासंघ आफ्ना पत्रकारहरु माथि भएका सांघातिक आक्रमणहरुको विरुद्धमा सदैब आवाजबुलुन्द गर्न पछी परेको छैन ।
हामीले क्यालेन्डर प्रकासित गरि संगठनका गतिबिधि पनि तस्विरबाट नेपालीको घरघर पुर्यायौ। दोश्रो र तेश्रो अधिवेशन पश्यात पनि लेखन,पत्रकार सुरक्षा र आचार संहिताको क्षेत्रमा धेरै कामहरु भएका छन्। केहि पत्रकारहरुमाथि आचारसंहिताको सवालमा कारवाही समेत भयो भने धेरै पत्रकारहरुले महासंघको भूमिकामा आँफुलाई सुरक्षित महसुस गरेका छन्।

अहिले पत्रकार महासंघ युरोप शाखाले सक्रिय पत्रकारहरुलाई महासंघको परिचय पत्र समेत उपलब्ध गराएको छ भने केहि पत्रकारहरुले अन्तराष्ट्रिय प्रमाणपत्र बोकी निर्धक्क पत्रकारिता गर्न सक्ने भएका छन्। सबै पत्रकारहरु महासंघको छातामुनी रहेर आँफुलाई सुरक्षित महसुस गर्न सक्ने भएका छन्। जसलाई संगठनको ठुलो उपलब्धि मान्नु पर्छ।

प्रवासमा रहेका नेपाली समुदायमा संघसंथाहरुका गतिविधिहरुको सुचना प्रवाह गर्दै ;युरोप भरिका संचारकर्मी पत्रकारहरुको सक्रियता सबैलाई सर्बबिदितै छ । सामाजिक न्यायको निम्ति र बिकृति अनि विसंगतिका बिरुद्दमा पत्रकार महासंघ सदैब अग्रपंतिमा रहेर काम गरिरहेको छ | पत्रकार महासंघ युरोप शाखाले “युरोपमा नेपाली पत्रकारिता” नामक किताब प्रकाशन गरिसकेको र सोही क्रममा राष्ट्रिय -अन्तरराष्ट्रिय जगतबाट शुभकामना प्राप्त भएको समेत जानकारी गराउन चाहन्छौ।

युरोपमा नेपाली पत्रकारिता” नामक किताब उत्कृष्ट रहेको र सानो लाईब्रेरीनै भएको समेत पाठकहरूद्वारा टिप्पणी गरिएको छ। युरोपमा नेपाली पत्रकारिताबारे खोज- अनुसन्धानकर्तालाई मुल्यबान हुने दस्ताबेजको रूपमा युरोपमा नेपाली पत्रकारिता” नामक किताब रहेको छ।

एनआरएन अभियानमा स्थापना कालदेखी महासंघको सहभगिता रहेको र सम्मेलन सफलताकोलागि पत्रकारहरुले खेलेको भूमिका जागजहेर नै छ। मातृभूमिमा भएका दैवि प्रकोप, राजनैतिक अस्थिरता ,सामाजिक बिकृति , लैगिक विभेद र विसंगतिका का बिरुद्दमा पत्रकार महासंघ युरोप शाखा सक्रिय रहेर काम गरेको स्मरण गराउन चाहन्छौ।

युरोप शाखा पहिलो पटक विश्व सम्मेलनमा

विश्वभरि छरिएर रहेका पत्रकारहरुको सबैभन्दा ठुलो साझा संगठन अन्तरास्ट्रिय पत्रकार महासंघले सन् २०१६ जुन ७ र ८ तारिख फ्रान्समा आयोजना गरेको २९ औ विश्व महासभामा पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई र बरिस्ठ उपाध्यक्ष डिल्ली अम्माईको सहभागिताले युरोपमा नेपाली पत्रकारिता जगतलाई अझ उचाइमा लागेको अनुभूति भएको छ।

अघिल्लो कंग्रेस सन् २०१३ जुन ४-७ देखि भएको थियो भने अन्तराराष्ट्रीय पत्रकार महासंघको विश्व महासभा सन २०१६ जुन ७-१० सम्म फ्रान्सको एन्जर्समा सम्पन्न भैसकेको उक्त सभामा नेपालको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले नेपालले पत्रकारिता क्षेत्रमा भोग्नु परेका समस्याहरुका बारेमा रिपोर्टिंग गर्नु भएको थियो।

नेपालबाट पत्रकारहरू गणेश पोखरेल, दिपेन्द्र श्रेष्ठ, प्रकाश बिक्रम शाह , किसन संगीत समेतले भाग लिनु भएको थियो। अक्टुबर ३ र ४ तारिख २०२० मा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिको १३ औ युरोपियन सम्मेलन, ११ औ महिला सम्मेलन साथै दोश्रो बिज्ञ सम्मेलनमा शाखाको सहभागिता रहेको थियो।

युरोपमा नेपाली पत्रकारिता पुस्तक प्रकाशन

नेपाल पत्रकार महासंघ युरोप शाखाले ” युरोपमा नेपाली पत्रकारिता ” नामक स्मारिका प्रकाशन गरिसकेको र सोहि क्रममा रास्ट्रिय-अन्तरास्ट्रिय जगतबाट शुभकामना प्राप्त भएको र स्मारिका उत्कृष्ठ रहेको र सानो लाइब्रेरीनै भएको टिप्पणी गर्दै युरोपमा नेपाली पत्रकारिता बारे खोज अनुसन्धानकर्ता लाइ मुल्यवान हुने दस्तावेजको रुपमा लिईएको पाठकहरुको धारणा रहेको पाउनु शाखाको अर्को सफलता मान्नुपर्छ।

युरोपभरी छरिएर रहेका पत्रकारहरुलाई गोलबन्द गर्दै स्थापित युरोप शाखाले विभिन्न कार्यक्रमको आयोजना गर्दै जनचेतना अभियान चलाइरहेको छ।

अहिलेको विषम परिस्थितिमा अग्रपंतिमा रहेर जोखिम मोल्दै काम गर्ने क्रममा पत्रकारहरु अशुरक्षित भएका र विभिन्न कारणबाट पत्रकारिता पेशामा लाग्दै गर्दा आर्थिक रुपमा समस्यामा परेका पत्रकारहरुको जीवनरक्षाकालागि नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गरेको अक्षयकोषमा युरोप शाखाले उक्त कोषको लागि विभिन्न संघसंथाहरु र सामाजिक अभियन्ताहरुबिच सहयोग संकलनका जारी रहेको छ।

कोरोना महामारी र सम्बाद शृंखला

कोभिड १९ को पेंडामिकबाट युरोप महादेशका विभिन्न राष्ट्रहरुमा देखिएको संक्रमण, रोकथामका उपायहरु सम्बन्धित राष्ट्रका सरकारले लगाएका नियमहरु र सेवा सुविधाहरुका बारेमा नेपाली समुदायमा सुसुचित गराउने उदेश्यले पत्रकार महासंघ युरोप शाखाले अप्रिल ३ तारिख देखि ” कोरोना कहर र नेपालीहरुको अवस्था ” बिषयमा अनलाइन जुम मार्फत शृंखलाबद्ध लाइभ कार्यक्रम संचालन गर्दै आइरहेको र पछिल्लो अवस्थामा कार्यक्रमको बिषयबस्तुमा केहि परिमार्जन गर्दै कार्यक्रम गर्दै आइरहेको छ ।

सोहि अनुरुप महासंघले युरोप महादेश भित्रका धेरै एन आर एन आइ सी सी र एन सी सी का पदाधिकारीहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु, सरकारी निकायका कर्मचारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, बिध्यार्थीहरु र संबन्धित राष्ट्रका बिज्ञ, बुद्धिजीविहरु अनि व्यवसायमा संलग्न महानुभाबहरु संग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो र गरिरहेको छ।

यसै क्रममा अग्रपंतिमा रहेर आफ्नो जीवन निर्वाह नगरी मानबिय सेवामा कार्यरत सम्पूर्ण संचारकर्मीहरु, शुरक्षाकर्मीहरु र स्वास्थ्यकर्मीहरु प्रति उच्च सम्मान गर्दै सम्मान स्वरूप नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशनमा युरोप शाखाले जुम अनलाइन मार्फत तालि बजाएर सम्मान गरेको थियो।

२७ औं प्रेस स्वतन्त्रता दिवस मेई ३ तारिख नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यमा र युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा र अतिथिहरु प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष साथै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के सी लामिछाने, कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर, कतार शाखाका अध्यक्ष करिम बक्स मिया, दक्षिण कोरिया शाखाका अध्यक्ष रंजन राज कुँवर सहित युरोप क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भब्य कार्यक्रमका साथ भर्चुयल माध्यमबाट दिवस मनाइएको थियो।

नेपाल पत्रकार महासंघ युरोप शाखाले कोभिड पेंडामिकले उब्जाएको विषम परिस्थिति र सम्बेदनशील अवस्थामा कोरोना कहर लाइभ अन्तरक्रिया कार्यक्रम अभियान मार्फत संक्रमण बिरुद्ध जनचेतना फैलाउने र युरोप स्थित विभिन्न राष्ट्रहरुको बस्तुस्थिति जनमानसमा सुसुचित गराउने उदाहरणीय कार्य गरेको भन्दै नेपाल बिकाश प्रतिष्ठान नेदरल्यान्ड्स र नेपाल कोष फाउन्डेसन नेदरल्यान्ड्सले ५०० युरो टोकन अफ लव ले सम्मानित गरेको थियो | उक्त रकम नेपालमा कोरोना प्रभावित छेत्रलाई सहयोग हुनेगरी नेपाल पत्रकार महासंघ केन्द्रमा पठाइसकोएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले विभिन्न समयमा गरेको शृंखलाबद्ध अन्तरक्रियाहरु निम्न छन् :

१) पहिलो शृंखला ३ अप्रिल २०२० मा नेपाल पत्रकार महासंघ युरोप शाखाले विभिन्न देशको बस्तुस्थिति र पत्रकारहरुको अवस्थाको बारेमा जुम अनलाइन मार्फत अन्तरक्रिया गरेको थियो। जस्मा विभिन्न देशका २९ जना र बैदेशिक शाखाका ५ गरि जम्मा ३४ जना पत्रकारहरुको सहभागिता थियो।
२) दोस्रो शृंखला १२ अप्रिल २०२० मा कोरोना कहरमा पोर्चुगलमा नेपालीहरुको अवस्थाको बारेमा त्याहाका समाजिक अभियन्ताहरु संग अन्तरक्रिया गरेको थियो।

३) तेस्रो शृंखला १२ अप्रिल २०२० मा कोरोना कहर र स्पेनमा नेपालीहरुको अवस्थाको बारेमा। ४) चौथो शृंखला १६ अप्रिल २०२० मा कोरोना कहर र नेदरल्यान्ड्समा नेपालीहरुको अवस्थाको बारेमा।
५) पाचौ शृंखला १८ अप्रिल २०२० मा कोरोना कहर र डेनमार्कमा नेपालीहरुको अवस्थाको बारेमा।

६) छैठौ शृंखला १९ अप्रिल २०२० मा कोरोना कहर र नर्वेमा नेपालीहरुको अवस्थाको बारेमा। ७) सातौ शृंखला २२ अप्रिल २०२० मा कोरोना कहर र बेल्जियममा नेपालीहरुको अवस्थाको बारेमा।

८) आठौ शृंखला २३ अप्रिल २०२० मा कोरोना कहर र साइप्रसमा नेपालीहरुको अवस्थाको बारेमा। ९) नबौ शृंखला २६ अप्रिल २०२० मा कोरोना कहर र पोल्याण्डमा नेपालीहरुको अवस्थाको बारेमा।

१०) दशौ शृंखला ३० अप्रिल २०२० मा कोरोना कहर र इटालीमा नेपालीहरुको अवस्थाको बारेमा। ११) एघारौ शृंखला ४ मेई २०२० मा कोरोना कहर र जर्मनीमा नेपालीहरुको अवस्थाको बारेमा। १२) बार्हौ शृंखला ६ मेई २०२० मा कोरोना कहर र स्विजरल्याण्डमा नेपालीहरुको अवस्थाको बारेमा।

१३) तेह्रौ शृंखला १३ मेई २०२० बिशेस शृंखला मा प्रवासमा भएका बिबिध समस्याहरुका बारेमा एन आर एन केन्द्रीय पदाधिकारीहरु :- अध्यक्ष; कुमार पन्त, युरोप संयोजक; नारायण आचार्य, युरोप उप-संयोजकहरु ; कृष्ण तिमल्सिना ( बेलायत ), मुक्त गुरुङ ( स्पेन ), शुक्रराज न्यौपाने ( आयरल्याण्ड ) हरुसंग सात्क्षात्कार |
१४) चौधौ शृंखला २४ मेई २०२० मा कोरोना कहर र लक्जम्बर्गमा नेपालीहरुको अवस्थाको बारेमा ।

१५) पन्ध्रौ शृंखला ३१ मेई २०२० मा नेपालमा दलित समुदायमाथि भएको विभेदका बिषयमा दलित अधिकारकर्मीहरु संग सात्क्षात्कार |
१६) सोर्हौ शृंखला २ जुन २०२० मा कोरोना कहर र फिनल्याण्डमा नेपालीहरुको अवस्थाको बारेमा।
१७) सत्रौं शृंखला ३ जुन २०२० मा कोरोना कहर र अस्ट्रियामा नेपालीहरुको अवस्था।
१८) अठारौ शृंखला ६ जुन २०२० मा कोरोना कहर र बेलायतमा नेपालीहरुको अवस्थाको बारेमा।

१९) उन्नाइसौ शृंखला १० जुन २०२० मा कोरोना कहर र फ्रान्समा नेपालीहरुको अवस्थाको बारेमा |
२०) बिशौ शृंखला २५ जुन २०२० मा कोरोना कहर र जर्मनीमा नेपालीहरुको अवस्थाको बारेमा।
२१) एकाइसौ शृंखला ७ जुलाई २०२० मा प्रवासी नेपाली एकता मंच युरोपका अध्यक्षहरु र पदाधिकारीहरु संग अन्तरक्रिया।
२२) बाइसौ शृंखला १४ जुलाई २०२० मा कोरोना कहर र टर्कीमा नेपालीहरुको अवस्थाको बारेमा।

२३ ) तेइसौ शृंखला २९ जुलाई २०२० मा कोरोना कहर र स्पेनमा नेपालीहरुको अवस्थाको बारेमा।
२४) चौबिसौ शृंखला २६ अगष्ट २०२० मा तिज कार्यक्रमका बिषयमा नेपाल प्लस अनलाइन खबरमा समाचार छापिएको बिषयमा अन्तरक्रिया।

२५) पचिसौ शृंखला १० सेप्टेम्बर २०२० मा नेपालको समसामाहिक बिषयमा राजनीतिज्ञहरु श्री राजेन्द्र गौतम ( संघिय संसदका सांसद, नेकपा केन्द्रीय सदस्य एबम प्रेस संगठन नेपालका इन्चार्ज ) र डा. सुरेश आचार्य ( उप – प्रमुख प्रचार बिभाग नेपाली कांग्रेस) संग सात्क्षात्कार।
२६) छबिसौ शृंखला २३ सेप्टेम्बर २०२० मा युरोपियन क्षेत्रीय सम्मेलनका बिषयमा एन आर एन युरोप सह संयोजकद्वय श्री मुक्त गुरुङ(स्पेन) र श्री कृष्ण तिमल्सिना ( बेलायत ) संग अन्तरक्रिया।

२७) सत्ताईसौ शृंखला २४ सेप्टेम्बर २०२० मा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको १३ औ युरोपीय क्षेत्रीय सम्मेलन, ११ औ महिला सम्मेलन र दोश्रो युवा सम्मेलनको तयारी र प्राथमिकता बिषयमा पत्रकार सम्मेलन। २८) अठ्ठाईसौ शृंखला १ अक्टुबर २०२० मा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको १३ औ युरोपीय क्षेत्रीय सम्मेलन, ११ औ महिला सम्मेलन र दोश्रो युवा सम्मेलनको तयारी र प्राथमिकता बिषयमा युरोप संयोजक नारायण आचार्य, आई सी सी सदस्य रामशरण सिम्खडा र अन्तराष्ट्रीय मिडिया समितिका चिरण शर्मासंग अन्तरक्रिया।
२९) उनान्तीसौ शृंखला ८ अक्टुबर २०२० मा युरोपियन क्षेत्रीय सम्मेलनको दोस्रो बिज्ञ सम्मेलनका बारेमा एनआ एन आइसीसी महासचिब डा. हेमराज शर्मा र हरि दाहालसंग अन्तरक्रिया।
३०)तिसौ शृंखला १५ अक्टुबर २०२० मा नेपाल सरकारका पुर्व प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटासंग अन्तरक्रिया।

३१) एकतीसौ शृंखला १५ अक्टुबर २०२० मा नेपालीहरुको महान चाड दशैँ लगायत साकेला ल्होसार, पूजा आदिको उपलक्ष्यमा केन्द्रीय नेतृत्व र बैदेशिक शाखाका अध्यक्षहरु सहित शुभकामना आदानप्रदान कार्यक्रम। ३२) बतिसौ शृंखला २५ अक्टुबर २०२० मा युरोपमा दोश्रो चरणको लकडाउन भएपछिको अवस्थामा नेदरल्यान्ड्सको अवस्थाको बारेमा नेदरल्यान्ड्स सम्बाद।

३३) तेतिसौ शृंखला ९ नोभेम्बर २०२० मा कोभिड १९ को बारेमा स्वास्थ्यकर्मीहरु डा रबिन्द्र समिर ( पाण्डे) जन स्वास्थ्य बिज्ञ नेपाल र डा. सन्जिब सापकोटा ( अमेरिका ); संयोजक स्वास्थ्य समिति एन आर एन आइ सी सी संग सम्बाद। ३४) चौतिसौ शृंखला ८ नोभेम्बर २०२० मा SPINAL MUSCULAR ATROPHY रोगसंग पिडित बालिका सियोनाको उपचारका बिषयमा उनीका बुबा डा. सन्दिप श्रेष्ठ र पोल्यान्डका डा उदयदेब आचार्य संग अन्तरक्रिया।

३५) पैतिसौ शृंखला १४ नोभेम्बर २०२० मा शुभदिपावली, छठ पर्व, म्ह पुजा साथै नेपाल सम्बत को उपलक्षमा शुभकामना आदानप्रदान साथै बिशेस अतिथिहरु राजेन्द्र अर्याल( अध्यक्ष; न्युनतम पारिश्रमिक निर्धारण समिति ,नेपाल ) र बिपुल पोख्रेल (उपाध्यक्ष, नेपाल पत्रकार महासंघ केन्द्र ) लगायत अतिथिहरुसंग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान।

३६) छत्तिसौ शृंखला २१ नोभेम्बर २०२० मा नेपाली साहित्यमा महिलाहरुको भूमिका बिषयमा। ३७) सैतिसौ शृंखला २२ नोभेम्बर २०२० मा “नेचुराल जिकेंडफण्ड भ्लान्दरण’ अनिवार्य बिमा कम्पनिसंग एनआरएन एनसीसी बेल्जियमले गरेको सम्झौताको बिषयमा अन्तरक्रिया।

३८) अढतीसौ शृंखला २८ नोभेम्बर २०२० मा युरोपमा बसोबास गर्ने राजनीतिक नेत्रित्वहरू संग युरोप सम्बाद। ३९) उनान्चालिसौ शृंखला २९ नोभेम्बर २०२० मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपाका प्रचार बिभाग उप-प्रमुख साथै केन्द्रीय सदस्य श्री सूर्य थापासंग अन्तरक्रिया।

४०) चालीसौ शृंखला १ डिसेम्बर २०२० मा रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक साथै नेकपा केन्द्रीय सदस्य श्री राम प्रसाद सापकोटा ( दीपशिखा ) संग बिशेस बहस। ४१) एकाचालिसौ शृंखला ५ डिसेम्बर २०२० मा लैगिक विभेद र हिंशामा महिलाको अवाज बिषयमा अन्तरक्रिया।

४२) बयालीसौ शृंखला १० डिसेम्बर २०२० मा नेपालमा संचारक्षेत्रमा क्रियाशील महिला संचारकर्मीहरु संग बिशेस बहस। ४३) त्रिचालिसौ शृंखला १२ डिसेम्बर २०२० मा अनलाइन / डिजिटल पत्रकारिता सम्बन्धि तालिम।

४४) चौवालिसौ शृंखला १३ डिसेम्बर २०२० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरंग छेत्र नम्बर २ बाट नेपाली कांग्रेस बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. मिनेन्द्र रिजाल संग सात्क्षात्कार |
४५) पैतालिसौ शृंखला १६ डिसेम्बर २०२० मा एनआरएन एनसीसीका पदाधिकारीहरुसंग अन्तरक्रिया।

४६) छायालिसौं शृंखला १९ डिसेम्बर २०२० मा युरोपका पांच सक्रिय एनआरएन एनसीसी हरु ( अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, स्पेन र बेलायत ) को संयुक्त प्रयासमा सहभागी एनसी सीका युवा संयोजकहरुले दोस्रो पुस्तालाई एनआरएन अभियानमा जोडेर सामाजिक सेवामा अभिप्रेरित गरि नव नेपाल निर्माणमा पत्रकार महासंघ युरोप शाखाको सहकार्यमा अन्तरक्रिया।

४७) सडचालीसौ शृंखला २ जनावरी २०२१ मा जनावरी २३ र २४ तारिखका दिन हुन गैरहेको एनआरएन आइसीसीको बिशेस अधिबेशनको बिषयमा श्री भुषण घिमिरे ( संयोजक; बिधान संसोधन समिति ) र श्री महेश श्रेष्ठ ( कोषाध्यक्ष; एनआरएन आइसीसी ) संग अन्तरक्रिया। ४८) अठ्चालीसौ शृंखला ८ जनवरी २०२१ मा प्रवासमा रहेका नेकपाका भात्रृसंगठनमा आबद्ध राजनैतिक ब्याक्तित्वहरुसंग नेपालको समसामाहिक बिषयमा अन्तरक्रिया।

४९) उनान्चासौ शृंखला १२ जनावरी २०२१ मा बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० का उप-बिजेता साथै बेलायत निवासी नेपाली चर्चित सेफ सन्तोष शाह र युरोपका प्रख्यात इटालियन सेफ पोर्चुगल निवासी टंक सापकोटासंग अन्तरक्रिया।

५०) पचासौ शृंखला २३ जनवरी २०२१ मा नेपाल पत्रकार महासंघ युरोप शाखाको यस शृंखलालाइ पत्रकारिता छेत्रमा उल्लेख्य योगदान पुर्याउनु भएका पूर्वज अग्रज पत्रकारहरुलाई समर्पित गर्दै सम्मान स्वरूप राखिएको थियो र सम्मान गर्दै बेनेलक्सका लागि नेपाली महामहिम राजदूत श्री गेहेन्द्र राजभण्डारीबाट सम्मान-पत्र प्रदान प्रदान गरिएको थियो।

सम्मानित हुनुहुनेहरुको नामावली :-

क) पुर्व अध्यक्षज्युहरु ; नेपाल पत्रकार महासंघ केन्द्र नेपाल

१) श्री होमनाथ दाहाल २) श्री हरिहर बिरही ३) श्री किशोर नेपाल ४) श्री शिव गाउँले ५) श्री बिष्णु निस्ठुरी ६) श्री धर्मेन्द्र झा ७) श्री तारानाथ दाहाल ८) श्री डा. शुरेश आचार्य ९) श्री डा. महेन्द्र बिष्ट र बर्तमान अध्यक्ष श्री गोबिन्द आचार्य।

ख) संगठन- युनियन- फोनिज अध्यक्ष तथा बैदेशिक शाखा अध्यक्षहरु :

१) श्री बद्रि सिग्देल :- अध्यक्ष ; प्रेस युनियन नेपाल २) श्री डन्ड गुरुङ :-अध्यक्ष; फोनिज नेपाल ३) श्री गणेश बस्नेत :- सह-संयोजक; प्रेस संगठन नेपाल ४) श्री महेश्वर दाहाल :- संयोजक; प्रेस संगठन नेपाल ५) श्री नितु पण्डित :- अध्यक्ष; संचारिका समूह नेपाल ६) श्री मेघराज सापकोटा :- काबा अध्यक्ष ; महासंघ यु ए इ शाखा ७) श्री नरेश खपांगी मगर :- अध्यक्ष; महासंघ बेलायत शाखा ८) श्री रंजन राज कुँवर :- अध्यक्ष ; महासंघ दक्षिण कोरिया शाखा ९) श्री मोहन घले :- अध्यक्ष; महासंघ जापान शाखा १०) श्री हेमन्त काफ्ले :- अध्यक्ष ;महासंघ अस्ट्रेलिया शाखा ११) श्री गोबिन्द पोख्रेल :- पूर्ब अध्यक्ष; महासंघ भारत शाखा १२) श्री ओम शर्मा :- संयोजक ; महासंघ प्रस्ताविक बेल्जियम शाखा १३) श्री योगेन्द्र मिलन छन्त्याल :- संयोजक ; महासंघ पोर्चुगल शाखा १४) श्री चिरण शर्मा :- निबर्तमान अध्यक्ष; पत्रकार महासंघ बेलायत शाखा १५) श्री बिपिन निरौला :- अध्यक्ष ; प्रेस युनियन बेलायत १६) श्री लक्ष्मण खनाल :- अध्यक्ष युएई १७) श्री प्रमिला लान्बुंग राई :- अध्यक्ष ; फोनिज बेलायत।

ग) शाखाका पदाधिकारीहरु :-

१) श्री पुष्प बरुवाल ( नेदरल्यान्ड्स )२) श्री पंचम अधिकारी ( बेल्जियम ) ३) श्री पेम्बा गेलु शेर्पा ( पोर्चुगल) ४) श्री महेश कुमार खाती ( डेनमार्क ) ५) श्री वाई बि गुरुङ ( डेनमार्क ) ६) श्री प्रेम पारियार ( नर्वे ) ७) श्री महिँदो वाइवा ( इटाली ) ८) श्री प्रेम पोमु ( जर्मनी ) ९) श्री इन्दिरा चामलिंग ( बेल्जियम ) १०) श्री रविचन्द्र भट्टराई ( अस्ट्रिया ) ११) श्री राजकुमार थापा ( पोर्चुगल ) १२) श्री युबराज फुयाल ( स्विजरल्याण्ड ) १३) श्री शेर बाहादुर परियार ( पोल्याण्ड ) १४) श्री बिर मान मगर ( बेल्जियम ) १५) श्री जंगम खड्का ( स्विजरल्याण्ड) १६) श्री सरला कट्टेल ( नर्वे ) १७) श्री दिनेश गौतम ( साइप्रस ) १८) श्री कलश खरेल ( पोर्चुगल ) १९) श्री शान्ति अर्याल अधिकारी ( पोर्चुगल ) २०) श्री गोमा खरेल ( इटाली ) २१) श्री बाबा राजेश्वरी थापा ( अस्ट्रिया ) २२) श्री भगवान गिरि ( पोर्चुगल ) २३ ) श्री रमण पनेरु ( जर्मनी ) २४) श्री दिपेन्द्र गजुरेल ( स्पेन ) श्री दिल निशानी मगर ( बेल्जियम ) र प्राबिधिक सहयोग मा शशी श्रेष्ठ ( डेनमार्क ), प्रसानिक सहयोगमा खिम गुरुङ ( बेल्जियम )।

५१) एकाउन्नौ शृंखला ३० जनावरी २०२१ मा नेपालमा प्रतिनिधि सभा बिधटन पश्चात उब्जिएको परिस्थितिका बारेमा प्रवासमा रहेका राजनीतिक दलका भात्रृसंगठनका राजनीतिज्ञहरु संग बिशेस अन्तरक्रिया।

अहिले सम्म पत्रकार महासंघ युरोप शाखाले एकाउन्नौ शृंखला पार गरिसकेको अवस्था छ | शाखाका अन्य गतिविधिहरु शाखाको आफ्नो वेबसाइट https://fnjeurope.org/resources र फेसबुक पेज @Fnjeurope2012 मा हेर्न सक्नुहुनेछ।

सस्थाको पारदर्शिता र बिधान राजपत्रमा प्रकाशित समग्रमा सस्थाको गतिबिधी संपूर्ण आय –व्यय र सस्थाको बिधान , सदस्यहरूको विवरण सबै कुरा पारदर्शी रूपमा वेब साईटमा राखिएको छ र सबैले हामीलाई त्यहाबाट हेर्न सक्नु हुनेछ।

सस्थाको मुख्य कार्यालय बेल्जियममा रहेको र अन्तराष्ट्रीय नेटवर्क रहेको ईंग बैक ब्रसेल्समा हाम्रो बैंकिंग प्रणालीका निम्ति बैक खाता सुचारू रहेकोछ।एफएनजे युरोपका सम्पूर्ण सदस्यहरू झन्डै १ सय ५० देशका ६० लाख बढी सदस्यहरू रहेको र ब्रसेल्समा मुख्यालय रहेको संसारकै पत्रकारहरूको ठूलो र बिशाल संगठन अन्तराष्ट्रीय पत्रकार महासंघ आईएफजे International Federation of Journalists – IFJ को सदस्य बन्न सफल भई निर्भिक पत्रकारिताको निम्ति युरोपमा छलांग मारेको अनुभूत गरिएको छ।

अहिले नेपाल पत्रकार महासंघ यूरोप शाखा Federation of Nepali Journalists Europe FNJE को नाममा प्रचलित यूरोपियन कानून अनुरुप पत्रकारिता क्षेत्रमा काम गर्न र नेपाल र यूरोपको सूचना सम्प्रेषण र सहकार्य गरी नन प्रोफिट सस्थाको रूपमा यूरोपको राजधानी ब्रसेल्समा दोश्रो पटक १०-१२-२०२० मा विधिवत दर्ता भइ सोही दिनको राजपत्रमा – स्टेट जर्नलमा उदेश्य –बिधान समेत प्रकाशित भई भयमुक्तकाम गर्न र निडर सस्थाको रूपमा स्थापित गर्न सफल भएका छौं।

धन्यबाद
केजिन राई
अध्यक्ष
द्रोण रिजाल
कार्यबाहक महासचिब
नेपाल पत्रकार महासंघ युरोप शाखा |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु