२०७७ फागुन २३ गते आइतवार | March 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्ड्सको अध्यक्षमा नन्दा राई चयन

नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्ड्सको अध्यक्षमा नन्दा राई चयन

नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्ड्सको भर्चुअल माध्यमबाट यसै हप्ता भएको तेस्रो अधिवेशनले निबर्तमान महासचिव नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

निवर्तमान महासचिव राईको अध्यक्षतामा पाच सदस्यीय कार्यसमितिको महासचिवमा सबि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत ) रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी संथापक अध्यक्ष शशी पौडेललेनै पाएका छन्।

फाउन्डेशनको सल्लाहकारहरुमा डा. शर्मिला प्रधान श्रेष्ठ, हरि पौडेल, शारदा बराइली,रिता थापा र बर्षा खड्कालाइ मनोनयन गरेको छ।

नवनिर्बाचित अध्यक्ष नन्दा राईका अनुसार नेदरल्याण्डको पुरानो नेपाली सस्थाको रूपमा स्थापित नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस (ANBI)प्राप्त परोपकारी फाउन्डेशन हो।

नेपाल पत्रकार महासंघ युरोपलाई समेत आर्थिक सहयोग गरीसकेको सो सस्थाले कोरोना महामारी र बिनासकारी भुकम्पको समयमा पनि आपतकालिन राहत र पुनर्निमाणका साथै सम्बृद्ध नेपाल बनाउन विभिन्न पक्षहरूमा सहयोग र योगदान गर्न शिक्षा, स्वास्थ, महिला तथा पिछडिएको वर्गहरुलाई सहयोग गरि महत्वपूर्ण कार्यहरुमा समेत ठुलो आर्थिक सहयोग गर्दै सर्हानिय भूमिका फाउन्डेशनले खेल्दै आएको स्मरणीय छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु