२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ न्युज पिएनटिभीको प्रथम वार्षिक उत्सव भब्यताकासाथ मनाइयो, पत्रकारहरु एकजुट हुन केन्द्रीय महासचिव पुरीको आग्रह

न्युज पिएनटिभीको प्रथम वार्षिक उत्सव भब्यताकासाथ मनाइयो, पत्रकारहरु एकजुट हुन केन्द्रीय महासचिव पुरीको आग्रह

गोजिटिटल मिडिया प्रालिद्वारा संचालित न्युज पीएनटिभीको प्रथम बार्षिकोत्सव कार्यक्रम मेई ५ तारिख जर्मनीका लागि नेपाली महामहिम राजदूत रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोसन पुरी र केन्द्रिय सदस्यहरु रिंकु कुमारी मिश्र र रन्जु कुमारी ब्लोन अतिथि रहनु भएको थियो।कार्यक्रम अध्यक्षता न्युज पीएनटिभीका सम्पादक शेर बहादुर परियारको अध्यक्षतामा र अनिल पौडेलले संचालन गर्नुभएको थियो।

दुतावाससँग पत्रकारहरुको सहकार्य अनिवार्य रहेकाले दुतावासबाट दिनुपर्ने सबै सूचनाहरु उपलब्ध गराउने र पत्रकारहरुले समाजको प्रमुख अंगको रुपमा सत्य- तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा महामहिम राजदूत रामकाजी खड्काले शुभकामना मन्तव्यमा आफ्ना भनाइ राख्नु भएको थियो।

विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि प्रावासबाट मिडीयाले गरेको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रवासमा रहेको शिप र कला संकृति स्वदेशमा देखाउन अनुरोध गर्दै महासचिव रोशन पुरीले जोड दिनु भएको थियो।

विभिन्न परिस्थितिले गर्दा परदेशिनु परेको तितो यथार्थता औल्याउदै स्वदेशमा जानेको र गरेको पत्रकारिता विदेशमा पनि संगठित भएर पत्रकारिताको बिकाशमा योगदान दिएकोमा खुशी व्यक्त गर्नु भएको थियो। विदेशमा पत्रकारहरु एकीकृत हुँदै अगाडी बढ्नुको कुनै विकल्प नरहेकाले जुटेर अगाडी बढ्न आग्रह गर्नु भएको थियो।

नेपालमा पत्रकारहरु बिस्थापित हुनुमा सरकारको लापरबाही प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा अंकुस लगाउनु जस्ता क्रियाकलापले प्राथमिकता पाएको उल्लेख गर्नु भएको थियो।

सरकारका लापरवाहीका कारण पत्रकारहरु सुरक्षित हुन नसकेका कारण ज्यान जोखिममा राखेर पत्रकारिता गर्नुपरेको कारण ६०० भन्दा बढी संक्रमित भएका, ७ जनाको मृत्यु भएको, ४ जना हस्पिटलको आइ सी यू मा रहेका ३० जना भन्दा बढी हस्पिटलमा उपचाररत रहेका र १०० भन्दा बढी घरमै उपचाररत रहेको अवस्था उल्लेख गर्दै पत्रकारहरुले स्वास्थ्यमा ख्याल गर्दै पत्रकारिता गर्नुपर्नेमा महासचिव पुरीले ध्यानाकर्षण गराउनु भएको थियो।

वर्तमान अवस्थामा पत्रकारहरुको दैनिकीमा कोरोना पेंडामिकले र मिडियाहाउसबाट तलब सुबिधाबाट बन्चित हुनुपरेको अवस्थामा प्रवासबाट शाखाहरुसँग सहकार्य गर्दै मानबिय संबेदनसिलता ध्यान दिन अनुरोध गर्नुभएको थियो। विभिन्न पत्रकारहरुलाई विभिन्न झुठा आरोपहरु लगाउदै झुठा मुद्धाहरु लगाउने बातावरण सरकारले गरेकोमा घोर आपत्ति रहेकोले प्रवासबाट पनि आवाज उठाउनु पर्नेमा जोड दिनु भएको थियो।

अतिथिहरु एन आर एन ए मिडिया कोर्डिनेटर चिरन शर्मा, बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर,युरोप शाखा निवर्तमान अध्यक्ष केजिन राई, वर्तमान अध्यक्ष प्रेम परियार, महासचिव द्रोण रिजाल उपाध्यक्ष राजकुमार थापा,दिल निशानी मगर,दिपेन्द्र गजुरेल,रविचन्द्र भट्टराई,सचिवहरू -कलश खरेल,कमल पराजुली लगायत महासंघ युरोप शाखाका पदाधिकारीहरु, स्वास्थ्य अभियान्ता एवं एन आर एन ए आइ सि सि सदस्य डा बोधराज सुवेदी , पर्यटन दूत डा उदयदेव आचार्यको उपस्थिति थियो।

त्यस्तै पत्रकार महासंघ गण्डकि शाखाका अध्यक्ष नारायण शर्मा, एन आर एन ए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, पानी अभियन्ता मित्रलाल पार्दे, एन आर एन ए स्पेनका उपाध्यक्ष उत्तर राई, युरोपभित्र रहेका विभिन्न अनलाइनका सम्पादकहरू,पत्रकार हरु र विभिन्न संघ- संथाका प्रतिनिधिहरु समेतले शुभकामना संदेश दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु