२०७९ माघ १४ गत शनिवार | January 28, 2023

गृहपृष्ठ पछिल्लो अपडेट,पोर्चुगलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

पछिल्लो अपडेट,पोर्चुगलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

पोर्चुगलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा मानिसहरु थप त्रसित भएका छन् ।आज मात्रै यहाँ उक्त रोगको संक्रमणबाट ६ जनाको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या १२८० पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।

केही दिन अघि सरकारले भाइरस नियन्त्रण गर्ने उद्देश्यअनुरुप संकटकाल घोषणा गरेको थियो।यद्यपि अपेक्षाकृत परिणाम भने आउन सकेको छैन।प्रधानमन्त्री एन्टोनियो कोस्टाले संकटकाल अझै लम्बिन सक्ने बताएका छन्।

सरकारले नियन्त्रणमा कुनै कसर बाकी नराखेको र सम्पूर्ण नागरिकको स्वास्थ सुरक्षाको निम्ति सबै उपाय अवलम्बन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु