Covid-19
City Express

पछिल्लो अपडेट:पोर्चुगलमा कोरोना संक्रमित १७ हजार ४४८ पुग्दा ५६७ जनाले ज्यान गुमाए


पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्दा पोर्चुगलमा कोभिन–१९ का ७० बिरामी उपचारपछि घर फर्किएका छन् । अघिल्लो दिनसम्म यस्तो संख्या २७७ थियो। मंगलबार पोर्चुगलमा ३२ जनाले ज्यान गुमाएका छन् । जुन अघिल्लो दिनको तुलनामा एकले बढि हो । यहाँ कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या ५६७ पुगेको छ।

नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पछिल्लो २४ घण्टामा ५१४ जना कोरानाका संक्रमित थपिएको जनाएको छ । सोमबार यस्तो संख्या ३४९ मात्रै थियो । तथ्यांकलाई हेर्दा अघिल्लो दिनको तुलनामा मंगलबार संक्रमितको संख्यामा बृद्धि भएको हो।

अहिलेसम्म पोर्चुगलमा १७ हजार ४४८ जनामा कोरोनाको संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस्तो संख्या अघिल्लो दिन १६ हजार ९३४ थियो । यहाँ २१८ जना गम्भिर प्रकृतिका छन् ।

विश्वभर १९ लाख ३८ हजार व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । यस्तै, एक लाख २१ हजार जनाको ज्यान गएको छ भने चार ६० हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु