Covid-19
City Express

पछिल्लो तथ्यांक :पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघ्यो

पोर्चुगलमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ भने तुलनात्मक रुपमा रिकभर हुने संख्या अत्यन्त न्यून रहेको देखिन्छ।

पछिल्लो २४ घण्टाको मापन अनुसार थप ७८३ जनामा कोरोना संक्रमण देखिएको छ भने थप २२ जनाले ज्यान गुमाएका छन् ।यसरी संक्रमित संख्या ९०३४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या २०९ पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।

केही दिनदेखि स्थिर रहेको रिकभर हुने संख्या भने अहिले बिस्तारै चलायमान भएको होकि भन्ने संकेत दिएको छ। स्वास्थ महानिर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार थप २५ जना निको भैइ अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै निको हुने संख्या ६८ पुगेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु