गृहपृष्ठ पछिल्लो दुई महिनामा पोर्चुगलबाट एक मृत शव सहित तीन जना बिरामीलाई नेपाल पठाईयो
पछिल्लो दुई महिनामा पोर्चुगलबाट एक मृत शव सहित तीन जना बिरामीलाई नेपाल पठाईयो

गैरआवासीय नेपाली संघ पोर्चुगलले पछिल्लो दुई महिना यता एक मृत शव सहित तीन जना बिरामीलाई स्वदेश फिर्ता गरेको छ। रोजगारीको शिलशिलामा पोर्चुगल आईपुगेका ललितपुर का २९ बर्षिय शिव श्रेष्ठ,काभ्रेपलञ्चोक का ३१ बर्षिय रवीन्द्र गौतम र कास्की का २८ बर्षिय प्रभल श्रेष्ठलाई नेपाल पठाईएको हो।
त्यस्तैगरी बझाङ्का २८ बर्षिय सुरत कुँवरको मृत शरिर समेत नेपाल पठाईएको एन आर एन ए पोर्चुगलले जनाएको छ। कोभिड १९ को कारण पछिल्लो समय युरोपका अन्य मुलुकहरूमा जस्तै पोर्चुगल मा पनि समस्या उत्पन्न भैरहेको छ। सरकारले जारी गरेको लकडाउन सँगै देशका अधिकांश होटल, रेष्टुरेन्ट ,कृषि तथा अन्य कम्पनीहरू समेत बन्द हुन पुगेका छन्।
जसको असर अन्य नागरिक लाई जस्तै नेपाली नागरिकहरूलाई पनि परेको छ। प्रदेशको ठाउँ बढ्दो बेरोजगारी लगायत विभिन्न समस्याका कारण शारीरिक अस्वस्थता साथै बिरामीहरुमा मानसिक समस्या समेत बढिरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो।
परिवार तथा आफन्तको समन्वयमा विगत एक बर्ष देखि पोर्चुगल रहँदै आउनु भएका कास्की पोखरा १३ का २८ बर्षिय प्रभल श्रेष्ठलाई आजै तुर्किस एअरलाइन्स Tk-१७५६(लिस्बन-इस्तानबुल)र Tk ७२६(इस्तानबुल-काठमाडौं) मार्फत नेपाल पठाईएको गैर आवासीय नेपाली संघ पोर्चुगलका महासचिव हेमराज सुवेदीले जनाउनुभएको छ।पीडितलाई नेपाल पठाउनको लागी कास्की समाज पोर्चुगलले २५० यूरो सहयोग गरेको थियो।