Covid-19
City Express

पछिल्लो विवरण :पोर्चुगलमा कोरोना संक्रमितको संख्या ४००० नाघ्यो

पछिल्लो जानकारी अनुसार पोर्चुगलमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै बढेको देखिन्छ।पछिल्लो २४ घण्टाको मापन अनुसार थप ७२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उता थप १६ जनाको निधन भएको छ।

यसरी पृष्ठभुमिका अधारमा विश्लेषण गर्ने हो भने यो रोगले थप भयावह स्थिति श्रीजना गर्ने देखिन्छ।थप संक्रमित सहित कोरोना संक्रमितको संख्या ४२६८ पुगेको छ भने मृत्यु हुनेको संख्या ७६ पुगेको स्वास्थ महानिर्देशनालयले जनाएको छ।

युरोपियन रास्ट्र मध्ये पोर्चुगलमा नेपालीहरुको संख्या अधिक रहेको सन्दर्भमा नेपाली समुदायमा थप चिन्ता र चासो बढेको देखिन्छ।कम्तीमा यो रोग लाग्न नदिन नेपालीहरुले विशेष सावधानी अपनाउन अपरिहार्य देखीएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु