गृहपृष्ठ पछिल्लो २४ घण्टामा थप १७० जना संक्रमित फेला
पछिल्लो २४ घण्टामा थप १७० जना संक्रमित फेला

नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ।संक्रमितको संख्या निकै उच्च मात्रामा वृद्धि भैरहेको छ।
यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि संक्रमण भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। परिस्थिति यस्तै रहिरहे आगामी दिन थप जटिल हुने बिस्लेषकहरु बताउछन्।