Covid-19
City Express

पत्रकारकालागि फिचर लेखन तालिम आयोजना हुँदै

लिस्बन । युरोपका विभिन्न क्षेत्रमा कृयासिल पत्रकारहरुको लागि फिचर लेखन सम्बन्धि एक दिवसीय तालिम हुने भएको छ।नेपाल पत्रकार महासंघ पोर्चुगल र बेल्जियम शाखाको आयोजनामा उक्त तालिम हुन लागेको हो।

फिचर लेखनमा अपनाउनु पर्ने विधि ,बिषयको छनोट र तौरतरिका सन्दर्भमा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिने पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्यालले जानकारी दिएका छन्।तालिममा थाहा खबरका प्रधानसम्पादक तिर्थ कोइराला र घटना र विचार अनलाइन खबरकी सम्पादक बबिता बस्नेतले सहजीकरण गर्ने छन्।

मे ९ तारिख, शनिबार मध्याह्न १२ बजेदेखि तालिम शुरु हुने पोर्तुगल शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले जानकारी गराएका छन्।प्रवक्ता शेर्पाले पोर्चुगलमा रहेका सम्पूर्ण सक्रिय पत्रकारहरुलाई तालिममा सहभागी भैइ अनुभव लिन आग्रह गरेका छन्।पछिल्लो समय सर्बाधिक चर्चामा रहेको जुम एपको प्रयोग गरेर तालिम दिइने शाखाले जनाएको छ।स्मरण रहोस् यसअघि आयोजना गरिएको प्रवासमा पत्रकारीता तालिम र खोज पत्रकारीता सम्बन्धि तालिम पनि पत्रकारहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु