२०७८ वैशाख २१ गते मंगलवार | May 04, 2021

Bharat Poudel

गृहपृष्ठ पत्रकार महासंघको अध्यक्षमा पोखरेल र महासचिवमा पुरी बिजयी

पत्रकार महासंघको अध्यक्षमा पोखरेल र महासचिवमा पुरी बिजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् भने महासचिवमा रोशन पुरीले बाजी मारेका छन्।

पोखरल प्यालनकै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा वाला अधिकारी बिजयी भएका छन्।

यस्तै खुला सचिवमा गोविन्द चौलागाई, एशोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, सधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक विजयी भएका छन्।

यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्। अरु केन्द्रीय सदस्यहरु समेत अधिकाशं पोखरेल प्यानलकै विजयी भएका छन्। यस्तै पाेखरेललाई प्रेस संगठन र माधवकुमार नेपाल समूहकाे प्रेस चाैतारीसहित ११ संगठनकाे समर्थन थियाे।

यता पोखरेलका प्रतिद्धन्दी निर्मला शर्मालाई प्रधानमन्त्री केपी शर्मा ओली समूहकाे प्रेस चाैतारी र विप्लवकाे जनवर्गीय समूहलगायतकाे समर्थन थियाे। पाेखरेल २ हजारभन्दा धेरै भोटले अन्तरले अगाडि रहेकाले कार्यक्रम गरी उनले आफ्नो मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु