२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ पत्रकार महासंघ कास्कीको नेतृत्वमा महिला,भण्डारी बनिन् अध्यक्ष

पत्रकार महासंघ कास्कीको नेतृत्वमा महिला,भण्डारी बनिन् अध्यक्ष

नेपाल पात्रकार महासंघ कास्कीको निर्वाचनमा विमला भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्।

प्रतिस्प्रर्धी केशवशरण लामिछानेलाई पछि पार्दै भण्डारीले जिल्ला शाखाको अध्यक्ष पदमा बिजयी भएकी हुन्। भण्डारीले १७४ मत प्राप्त गरेकी छन् भने लामिछानेको १२१ मत छ।

भण्डारी प्रेस युनियनबाट उम्मेदवार बनेकी थिइन्। त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जुना वर्षा, सचिवमा माधव बराल, सह–सचिवमा श्रीराम सिग्देल र कोषध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन्।

यस्तै सदस्यमा कंचन थापा, गीता रानामगर, धनबहादुर गुरुङ, पुष्पराज दाहाल, शिवराज बस्ताकोटी, सन्तोष बस्याल, सन्तोपाी सुवेदी, युवराज गुरुङ र हरि पन्त बिजयी भएका छन्।

महिला सदस्मा सपना अधिकारी, दलित सदस्यमा बिजय नपाली, आदिवासी जनजाती सदस्यमा पदम श्रेष्ठ र अन्य समावेसीमा जैनव खातुन बिजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु