२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ पत्रकार महासंघ पोर्चुगल शाखाले अन्तरवार्ता सम्बन्धि विशेष तालिमको आयोजना गर्ने

पत्रकार महासंघ पोर्चुगल शाखाले अन्तरवार्ता सम्बन्धि विशेष तालिमको आयोजना गर्ने

प्रवासमा रहेका पत्रकारहरुको हरेक बिधामा दख्खलता बढाउने उद्देश्यले नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाले चरणबद्धरुपमा विभिन्न तालिमको आयोजना गर्दै आइरहेको छ।यसै सन्दर्भमा आगामी २४ मे आइतबार अन्तरवार्ता सम्बन्धि विशेष तालिमको आयोजना हुन लागेको हो।

उक्त तालिममा चर्चित पत्रकार द्वोय निर्मला शर्मा र नारायण श्रेष्ठले विशेष प्रशिक्षण दिनेछन्।विगतमा बिबिसीको अत्यन्तै लोकप्रिय कार्यक्रम साझा सबाल कार्यक्रम चलाएर चर्चा बटुलिसकेका नारायण श्रेष्ठ कुशल अन्तरवार्ताकारको रुपमा परिचित पत्रकार हुन् भने निर्मला शर्माको पनि दमदार प्रस्तुतिहरु विभिन्न टेलिभिजन मार्फत प्रसारण भैसकेका छन्।

दुवै जना प्रशिक्षणकर्ता अत्यन्तै लोकप्रिय भएका कारण पनि यस पटकको तालिम सहभागीहरुका लागि रोमाञ्चक हुने अपेक्षा लिएको शाखाका संयोजक योगेन्द्र मिलन छन्त्यालले बताए।

तालिम आफैमा नयाँ खुराक सिक्ने अवसर भएको सन्दर्भमा सम्पूर्ण पत्रकारहरुलाई सहभागी हुन प्रवक्ता पेम्बा गेलु शेर्पाले सूचना मार्फत अनुरोध गरेका छन् ।

स्मरण रहोस्: संयोजक छन्त्यालको अगुवाईमा पोर्चुगल शाखाले पत्रकारको पेशागत सुरक्षा सँगै दक्षता बिकासमा पनि बिशेष जोड् दिदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु