२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पत्रकार महासंघ युरोपको आयोजनामा एनआरएनए विशेष महाधिवेशन बहस सम्पन्न

पत्रकार महासंघ युरोपको आयोजनामा एनआरएनए विशेष महाधिवेशन बहस सम्पन्न

द्रोण रिजाल, नेदरल्यान्ड्स । नेपाल पत्रकार महासंघ यूरोप शाखाले आज जनवरी २ तारिखका दिनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठ र विधान संसोधन समितिका संयोजक भुषण घिमिरेको आतिथ्यमा विशेष बहस सम्पन्न गरेकोछ । नेपाल पत्रकार महासंघ यूरोपको यो ४७ औँ शृंखला हो ।

आउँदो जनवरी २३ र २४ तारिख भर्चुअल माध्यमबाट गर्ने भनिएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको विशेष अधिबेसनमा अघिल्लो अधिवेशनमा निर्णय हुन नसकेका केहि एजेण्डाहरु र विधानका केही धाराहरुको संसोधन नै विशेष रहने बताईएको छ ।

यसै सेरोफेरोमा रहेर विशेष अधिवेशनमा केकस्ता एजेन्डा समावेस हुनसक्लान भन्ने जनचासोलाई उजागर गर्न पत्रकार महासंघ युरोप शाखाले एनआरएनए अभियन्ताहरुसंग विशेष बहस गरेको थियो ।
सन् २०१९ मा काठमान्डौं भएको महाधिवेशनबाट समय अभाव र केही अस्पष्टताका कारण आर्थिक प्रतिवेदन पास हुन नसकेकाले विशेष अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्ने निर्णय भएको कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी गराए ।

पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिँदै श्रेष्ठले आफ्ना भावी प्रोजेक्टका योजनाहरु पनि जानकारी गराएका थिए । भौगोलिक बिकट र परिवर्तित मौसमका कारण केहि परियोजनाहरुमा ढिलाई भएको स्वीकार गर्दै अहिलेको कार्यसमितिले त्यसमा पूर्णता दिनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।

आर्थिक , प्रशासनिक नियमावली , आन्तरिक बाह्य लेखा परिक्षक, सबै आर्थिक क्रियाकलापहरु संथाको वेबसाइटमा राख्ने सम्मका कामहरु भैसकेकोले अबका दिनमा आर्थिक अनियमितता हटेर जानेमा जोड दिएका थिए । एनआरएनएको सदस्यता निशुल्क बिषयमा आफ्नो धारणा राख्दै विशेष अधिवेशनले पारित गरेमा अर्को कार्यकाल देखिमात्र लागु गर्नुपर्ने भन्दै आम्दानीको अन्य श्रोत नहुन्जेल रास्ट्रिय समन्वय परिषदलाइ आर्थिक मार पर्नेमा दुई मत नरहनेमा उनको विशेष जोड थियो।

प्रस्तावित विधानमा केहि संशोधन गर्नुपर्ने भएकले आफ्ना संशोधित प्रस्तावहरु विशेष अधिवेशनमा पेश गर्ने भन्दै वर्तमान कार्यसमिति, रास्ट्रिय समन्वय समितिका सुझावहरु, पुर्व अध्यक्षज्युहरु, एनआरएन अभियन्ताहरुको सल्लाह र सुझावको आधारमा तयार पारिएकाले संशोधित प्रस्तावहरु पास हुनेछन भन्दै अघिल्लो महाधिवेशनमा चुनाबी चहलपहलले गर्दा अरु केहि महत्वपुर्ण विषयहरु ओझेलमा परेको बिधान संशोधन समितिका संयोजक भुषण घिमिरेले औंल्याएका थिए ।

विधान संशोधनमा केहि फिक्काहरु हुन्छन त्यसलाई विशेष अधिवेशनमा जुटेर अगाडी बढ्ने कुरामा आशाबादी रहेको संयोजक घिमिरेको जोड थियो। विशेष कार्यक्रमको बहसको अध्यक्षता पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने कार्यक्रम संचालन काबा महासचिब द्रोण रिजाल सहित कार्यसमितिका सदस्यहरु क्रमश: प्रेम परियार, रविचन्द्र भट्टराई, राज कुमार थापा, प्रेम पोमु, शेर बहादुर परियार, सरला कट्टेल लगाएत पत्रकारहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु