गृहपृष्ठ पत्रकार महासंघ युरोपको उन्नाइसौं शृङ्खला फ्रान्स संवाद सम्पन्न
पत्रकार महासंघ युरोपको उन्नाइसौं शृङ्खला फ्रान्स संवाद सम्पन्न

द्रोण रिजाल, नेदरल्यान्ड्स
पत्रकार महासंघ युरोप शाखाले फ्रान्समा त्यहाका सामाजिक अभियन्ताहरु सँग १९औं श्रिँखला अन्तर्गत नेपाली समुदायहरुको जनजीवन र संघसन्थाहरुको कृयाकलापहरुको बारेमा छलफल गरेको छ ।
सहभगितामा सामाजिक अभियन्ताहरुले फ्रान्समा सबै संघसन्थाहरु एक आपसमा सहकार्य गर्दै बिपत्ती परेको अवस्थामा राष्ट्रिय मुद्दा बनाएर एकजुट हुँदै अगाडि बडेको अवस्था रहेको जानकारी गराएका थिए ।
कोरोना सन्क्रमण बाट लगभग १५ जना जती सन्क्रमित भएर पनि निको भैसकेको अपुस्ठ खबर प्राप्त भएपनी अहिले सम्म कुनै नेपालीको कोरोनाको कारणबाट मृत्यु नभएको जानकारी गराएका थिए ।
एन आर एन उपाध्यक्ष लाई कार्बाइको बिषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संगठनको बिधी र बिधान बिपरित लेटरप्याड को दुरुपयोग् र गलत कृयाकलापहरुका बिषयमा स्पष्टिकरण माग्दा चित्तबुध्दो जवाफ नदिएको पटक पटक सुध्रिने मौका दिदापनी सन्था प्रती लन्छना लगाउने गतिबिधी गरेकाले वाध्य भएर ६ महिनाका लागि निलम्बन गरेको उपस्थित एन आर एन अध्यक्ष नगेन्द्र शाही र महासचिब मिन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।
मिलेर जाने कुरामा केन्द्र देखी एन एस् सि सम्म पनि आफुले समन्वय भूमिका निर्वाह गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने आई सि सि सदस्य पान कुमारी मल्लले जानकारी गराएकी थिईन ।
समाज मिलेर जाने कुरामा कुनै दुबिधा नरहेको र ३ वटा सन्था बाहेकका अरु १२ वटा सन्थाहरु निस्पछ ढंगले राहत सन्कलन र बितरणमा कुनै बिभेद नगरिएको सामाजिक अभियन्ताहरुको एक्बद्दता रहेको उल्लेख गरेका थिए ।
सहभागिहरुमा एन आर एन का सन्थापक हरिहर अर्याल, एन आर एन आई सि सि सदस्य पान कुमारी मल्ल, एन आर एन अध्यक्ष नरेन्द्र शाही, एन आर एन महासचिब मिन कुमार श्रेष्ठ, प्रवासि नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, जन सम्पर्क समिती का अध्यक्ष शुधिर राणा, मगर समाजका अध्यक्ष रमेश थापा मगर, तामाङ् समाजका कोअर्डिनेटर मिलन तामाङ् र तमु समाजका महासचीब कृष्ण गुरुङ को उपस्थिती थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालन सचिब वाइ बि गुरुङ र राजकुमार थापा, शेरबहादुर परियार र सहजिकरण सचिब द्रोण रिजाल, महेश कुमार खाती, सदस्यहरु रबिचन्द्र भट्टराई, राजकुमार थापा र शेर बहादुर परियाले गरेका थिए ।