२०७८ वैशाख २२ गते बुधवार | May 05, 2021

Bharat Poudel

गृहपृष्ठ पत्रकार महासंघ युरोप शाखाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताकासाथ सम्पन्न

पत्रकार महासंघ युरोप शाखाको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताकासाथ सम्पन्न

नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बीच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका दिन सम्पन्न भएको छ।

प्रमुख अतिथि नवनिर्वाचित केन्द्रिय अध्यक्ष विपुल पोख्रेल र केन्द्रिय सचिव सृजना अर्याल, केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रिय सदस्य भीषण राई र जापान शाखाका अध्यक्ष मोहन घलेको समेत अतिथ्यता रहेको थियो।

प्रमुख अतिथी पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक शाखाहरुले नेपाली पत्रकारिताको विकास र प्रशिद्धिमा उल्लेख्य योगदान दिएको उल्लेख गर्दै सानातिना तितामिठा कुराहरु त्यागेर मिलेर काम गर्न सुझाब दिदै प्रवासी पत्रकारहरु एक ढिक्का भई पत्रकारिता र पत्रकारको हक हितमा लाग्न जोड दिदै नयाँ बर्षको शुभकामना दिएका थिए।

त्यसैगरि विदेशमा बसेर नेपालको माया गर्दै पत्रकारितामा निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै केन्द्रिय सचिव, कोषाध्यक्ष र सदस्यले प्रवासमा नयाँ बर्षको शुभकामना र नयाँ कार्यसमितिलाई बधाई दिएका थिए।

प्रवासमा पत्रकारिताको विकास र चुनौतिको व्याख्या गर्दै जापान शाखाका अध्यक्ष मोहन घलेले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा युरोप शाखाका सदस्य लगायत युरोप भरिका पत्रकारहरुको उपस्थिती रहेको थियो।

कार्यक्रम संचालन महासचिव द्रोण रिजालले गरेका थिए भने लगभग एक घण्टा चलेको कार्यक्रम अनलाइन जुम मार्फत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु