२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पत्रकार महासंघ यूकेद्धारा एनआरएनए यूके अध्यक्ष प्रेमगाहामगरको धम्कीको भत्सर्ना

पत्रकार महासंघ यूकेद्धारा एनआरएनए यूके अध्यक्ष प्रेमगाहामगरको धम्कीको भत्सर्ना

ध्रुवराज अर्यालको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघ बेलायतले हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेलामा पत्रकार माथि भएको अपमानजनक व्यवहार प्रति खेदप्रकट गरेको छ।


शाखाको तर्फबाट महासचिव नरेन्द्र बस्नेतले विहिवार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न चेतावनी दिइएकोछ।

विज्ञप्तिमा हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेला बारे जानकारी दिन २६ अक्टोवर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुईटेलसहितका पत्रकारहरुप्रति आयोजक समूहका सदस्यहरुबाटै अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गर्दछ।


पत्रकार सम्मेलनमा आमन्त्रित रुपमा सहभागी पत्रकारहरुको उचित सममान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिबद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानार्कषण गर्दछ।

पत्रकार र मिडियाहरुसंग सम्बन्धित कुनै पनि गुनासोहरु सभ्य र मर्यादि विधि, प्रक्रियामार्फत सम्बन्धित निकायहरुमै राख्न तथा पत्रकार मिडियाहरु बारे सार्वजनिक रुपमा अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न समेत शाखा आग्रह गर्दछ भनिएको छ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर सो पत्रकार सम्मेलनमा पत्रकारद्धय माथि अर्यादित तथा आपत्तिजनक शव्द प्रयोग गर्दै धम्की दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु