Covid-19
City Express

परराष्ट्रमन्त्री ज्ञवालीसंग भर्चुअल बैठकमा एनआरएनए पोर्तुगल अध्यक्ष गैरेले गरेको आग्रह

लिस्बन। एनआरएनए केन्द्रीय अध्यक्ष, महासचिव लगायत विभिन्न देशका अध्यक्षहरुसंग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भर्चुअल मिटिङ गरेका छन् । उक्त मिटिङमा पोर्तुगल अध्यक्ष तिलक गैरेले सहभागिता जनाएका थिए । सो बैठकमा अध्यक्ष गैरेले पोर्तुगलका नेपालीहरुका सन्दर्भमा गरिएको आग्रहलाई उनले आफ्नो फेसबुकवालाबाट सार्वजनिक गरेका छन् ।

फाइल फोटो

हेर्नुहोस् अध्यक्ष गैरेको जानकारी पत्र जस्ताको तस्तै:

आदरणीय साथीहरु नमस्कार !

बिषय : जानकारी सम्बन्धमा ।

कोरोना भाइरसका कारणले विदेशमा रहेका नेपालीहरुमा उत्पन्न संकट र समस्या सम्बन्धमा आज नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदीपकुमार ज्ञवालीज्यूसंग गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, महासचिव डा. हेमराज शर्मा, आसिसी सदस्य रामशरण सिंखडा सहित पोर्चुगल, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया, साउदी अरब, संयुक्त अरब ईमिरेट्स (युएई), जापान लगायतका NRNA अध्यक्षहरूसंग भर्चुअल मिटिङ सम्पन्न भयो ।

सो अवसरमा पोर्चुगलको अवस्थाको बारेमा मैले निम्न मुख्य बिषय र कुराहरूबारेमा मन्त्रीज्यू र सहभागीहरुलाइ अवगत गराए :

१) पोर्चुगलमा पनि कोरोना भाइरसको बढ्दो संक्रमण संगै देशमा आपकालीन स्वास्थ्य संकटकाल घोषणा गरेको केहि संख्यामा नेपालीहरु पनि संक्रमित भएको र केही हस्पिटलमा उपचारार्थ रहेका, केही घरमै आइसोलेसनमा बसिरहेको र उपचारको सुविधा र गरिएका प्रयासहरुबारे जानकारी गराए ।

२) पोर्चुगलमा रहेका नेपालीहरुलाइ परेको र पर्न सक्ने समस्याहरुलाइ मध्य नजर गरि लिस्बनस्थित अवैतनिक बाणिज्यदुतावासको संरक्षकत्व र एनआरएनए पोर्चुगलको अगुवाईमा सर्वपक्षीय राहत तथा सचेतना समिति र विभिन्न उपसमितिहरु गठन गरि कामहरु तीब्र रूपमा अगाडि बढिरहेको, एनआरएनए पोर्तुगलले पहिलो चरणमा १५० जना भन्दा बढीलाई खाद्यान्न राहत वितरण गरिसकेको,
अब फेरि लगत संकलन गरि राहत वितरण गर्ने तयारी भइ रहेको र भाइरसबाट बच्न ब्यापकरुपमा सचेतता फैलाउने काम निरन्तर जारी रहेको बारे अवगत गराए ।

३) पोर्चुगलका विभिन्न सरकारी निकाय, हस्पिटल, स्थानीय जनप्रतिनिधि र गैर सरकारी संस्थाहरुसंग समन्वय गरि नेपालीहरुका समस्या समाधानकोलागि सहजीकरण को लागि पहल भइरहेको
बारेमा जानकारी दिए ।

४) महामारीका कारण रोजगार गुमाउने नेपालीहरुमा उत्पन्न हुने समस्याहरुका बारेमा बताए ।

५) आवासीय अनुमति लगायत अन्य विभिन्न कानुनी प्रक्रिया र सेवा सुविधाको बारेमा अवगत गराए ।

६) पोर्चुगलबाट विभिन्न कारणले नेपाल जान चाहाने र जानू पर्ने जरुरी भएका साथीहरूकालागि ब्यबस्था मिलाउन आग्रह गर्दा अप्रिल ३० तारिख पछि उपयुक्त निर्णय लिइने मन्त्रीज्यूले बताउनु भएको छ ।

७) पोर्चुगिस पासपोर्ट लिइसक्नु भएका अर्थात नेपाली मुलका गैर आवासीय नेपालीलाई नेपाल जाँदा पर्ने कठिनाइ र उहाँहरुको हित र सुविधाका सन्दर्भमा स्पष्ट र सहज वातावरण बनाइदिन आग्रह गरे ।

८) महामारीको संकटले नेपालबाट पैसा झिकाउनु पर्ने अवस्थामा सहज व्यवस्था मिलाई दिन अनुरोध गर्दा तत्कालै नेपाल राष्ट्र बैकसंग कुरा गरी उचित प्रबन्ध मिलाइने मन्त्रीज्यूले आश्वासन दिनु भएको छ ।

यी लगायत पोर्तुगलका नेपालीहरुका विविध समस्याबारेमा मन्त्रीज्यू लगायत एनआरएनए केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराए ।

तिलक गैरे
अध्यक्ष
गैर आवासीय नेपाली संघ पोर्चुगल ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु