गृहपृष्ठ परराष्ट्रमन्त्री ज्ञवालीद्वारा समकक्षी भारतीय विदेश मन्त्री सँग आज वार्ता गर्दै
परराष्ट्रमन्त्री ज्ञवालीद्वारा समकक्षी भारतीय विदेश मन्त्री सँग आज वार्ता गर्दै

नेपाल–भारतबीच भारतको राजधानी नयाँ दिल्लीमा आज वार्ता हुँदैछ। संयुक्त आयोगको छैटौँ बैठक हिजोदेखि सुरु भएको छ।
आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्नेछ। विहीबारको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो। नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत,सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार,लगानीमैत्री सहकार्य,कृषिमा दुई पक्षीय सहयोग,पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ।