२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ परराष्ट्र मन्त्री ज्ञवालीद्वारा एनआरएनए नेताहरूसंग छलफल

परराष्ट्र मन्त्री ज्ञवालीद्वारा एनआरएनए नेताहरूसंग छलफल

राजकुमार थापा, लिस्बन । आज परराष्ट्र मन्त्री माननीय प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष, महासचिव सहित अमेरीका, अष्ट्रेलिया, साउदी अरब, संयुक्त अरब ईमिरेट्स (युएई), जापान साथै युरोपका बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, पोर्चुगल लगायतका अध्यक्षहरू र आसिसी सदस्यहरुसंग भर्चुअल मिटिङ गरेको छलफलमा सहभागी एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरेले जानकारी दिए ।

त्यस अवसरमा COVID-19 का कारण तत देशहरुमा रहेका नेपालीहरूको अवस्था, एनआरएनएले खेलिरहेको भुमिकाको बारेमा परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी लिएको एनआरएनए आसिसी सदस्य रामशरण सिंखडाले जनाए ।

सो अवसरमा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सहयोगका लागि नेपाली दूतावासहरूसँग मिलेर काम गर्न र नेतृत्वदायी भूमिका खेल्न एनआरएनए नेताहरुलाइ आग्रह गरिएको परराष्ट्र मन्त्रीका संचार बिज्ञ सुदन ज्ञवालीले बताए ।

बैठकमा सहभागीहरु :

केन्द्रीय अध्यक्ष – कुमार पन्त
केन्द्रीय महासचिब :डा हेम राज शर्मा

आसिसी सदस्य : रामशरण सिखडा


एनसीसी अध्यक्षहरु

यूके :पुनम गुरुङ
अमेरीका : सुनिल साह
ईटली : देब गुरुंङ
फ्रान्स : नरेन्द्र बिक्रम शाही
पोर्चुगल : तिलक गैरे
यूएई : प्रकाश कोईराला
अष्ट्रेलिया : केशब कंडेल
साउदी अरब: तेज थापा
जर्मन : हरी न्यौपाने
स्पेन : दिनेश गुरुङ
द कोरिया : यज्ञराज सुबेदी
जापान : देबीलाल भण्डारी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु