Covid-19
City Express

परराष्ट्र मन्त्री ज्ञवाली र विभिन्न देशका एनआरएनए अध्यक्षहरु बीच दोश्रो चरणको छलफल सम्पन्न

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिदेशमा बस्ने नेपालीहरुको बारेमा गैर-आवासीय नेपाली राष्ट्रीय समन्वय समितिहरुसंग त्यहांको अवस्था र राज्यले सम्बोधन गर्नु पर्ने बिषयमा ४ घण्टा लामो छलफल गर्नु गर्नु भएको छ। एनआरएनएको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव गौरी जोशी र आईसीसी सदस्य रामशरण सिंखडाले एनआरएनए केन्द्रले गरेका कामहरु र सरकारसंगको सहकार्यमा गर्नु पर्ने बिषयहरुमा आफ्ना संस्थागत धारणा राख्नु भएको थियो भने बिभिन्न एनसीसिका अध्यक्षहरुले आ-आफ्नो देशको समस्या, बस्तुगत स्थिती र नेपाल सरकारले गरिदनु पर्ने बिषयहरुको बारेमा माग हरु प्रस्तुत गर्नु भएको थियो।

सहभागीहरु:

१. डा चिरिन्जीबी खड्का अध्यक्ष चेक रिपब्लिक
२. श्री चिरन्जीबि घिमिरे अध्यक्ष क्यानडा
३. श्री लाल केसी अध्यक्ष न्यूजिल्याण्ड
४. बिनोद चौलागाई अध्यक्ष अष्ट्रिया
५. श्री चित्र सुबेदी अध्यक्ष बेल्जीयम
६. श्री शिबमणी भूर्तेल अध्यक्ष रसिया
७. श्रीमती राधीका (टीका) गुरुंङ अध्यक्ष हंगकंग
८. श्रीमती दिल कुमारी तिलिजा पुन अध्यक्ष साईप्रस
९. श्री हरी भट्टराई अध्यक्ष मलेसिया
१०. श्री मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष कतार
११. श्री सुजन केसी अध्यक्ष कुवेत
१२. श्री श्रीराम कंडेल अध्यक्ष नेदरल्याण्ड
१३. श्री सुरज डुम्रे अध्यक्ष केन्या
१४. श्री अशोक थापा अध्यक्ष लेबनान
१५. श्री श्रवण खनाल अध्यक्ष फिनल्याण्ड

१. डा बद्री केसी उपाध्यक्ष एन आर एन आई सी सी
२. श्री गौरी जोशी सचिब एन आर एन आई सी सी
३. श्री रामशरण सिमखडा सदस्य एन आर एन आई सी सी

बेलायतको सवालमा उमेरको कारण र अन्य बिबिधकारणले पनि मृत्यूदरमा पूर्ब गोर्खज र उहांहरुसंग सम्बद्ध परिवारहरु पर्नु भएकोले एन आर एन यूकेको आफ्नै पहलले मात्र यो भयाभह स्थितीको सामना गर्न गाह्रो हुने भएकोले राज्य मार्फत दुताबास – एनआरएनए यूके र गोर्खा सम्बद्ध सबै संगठनहरुको एकिकृत कार्ययोजना बनाई यो समस्यालाई सम्बोधन गर्ने र यो महामारीमा एकध्वार प्रणाली मार्फत दुताबासको संरक्षकत्वमा एनआरएनए को संयोजन र सबै संघसंस्थाको सहभागीतामा सहयोग समिति बानाउन केन्द्रीय निति अनुसार कार्य अघी बढाउन मन्त्री समक्ष माग राखियो । मन्त्री ज्ञवालीले लकडाउन खुलेपछी प्राथमिकताको आधारमा चरणबद्दरुपमा नेपाल फर्कनै पर्नेको ब्यबस्था गर्ने, श्रमिक कल्याणकारी कोषबाट सरकार र एनआरएनएको संयुक्त कोष निर्माण र संरचनागतरुपमा दुताबास भएको ठाउंमा दुताबासको संरक्षकत्व र एनआरएनएको संयोजनमा सबैलाई समाबेस गरी सहयोग समिति निर्माण गर्नेबारे अत्यन्त सकारात्मक रहको जानकारी दिनु भयो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु