गृहपृष्ठ पर्यटन मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस भन्ने सुरक्षागार्डलाई सार्वजनिक मुद्दा चलाइदै
पर्यटन मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस भन्ने सुरक्षागार्डलाई सार्वजनिक मुद्दा चलाइदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने एक जना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मन्त्री भएपनि लाइनमा बस्नुस्’ भन्ने ठमेलस्थित छायाँ सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रहेका छन्। पक्राउ परेका गुरुङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ।
यो घटना गत शुक्रबारको हो। उक्त दिन बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका थिए। सोही क्रममा सुरक्षागार्डले मन्त्री श्रेष्ठलाई पनि लाइनमा बस्न भनेका थिए।
मन्त्री श्रेष्ठका पीएसओले मन्त्री भएको जानकारी गराउँदा पनि सुरक्षागार्डले लाइनमै बस्न सुझाएका थिए। त्यसपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको बताइएको छ।