गृहपृष्ठ पल प्रकरणमा नयाँ तथ्य खुलासा,पीडित भनिने गायीकाको बयाननै शंकास्पद
पल प्रकरणमा नयाँ तथ्य खुलासा,पीडित भनिने गायीकाको बयाननै शंकास्पद

गायिका तथा पीडित भनिने समिक्षा अधिकारीले एकाएक बयान फेरेकी छिन्।उनको यो बयानका कारण फेरि एक पटक पल प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ।
आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्।
पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन्।
जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ। अब यो बलात्कार मुद्दा कुन तहमा पुगेर टुंगोमा पुग्ने हो,त्यो भने हेर्न केही समय कुर्नु पर्ने छ।