गृहपृष्ठ पल शाह विरुद्धको फैसला सम्भवत:आजै आउने
पल शाह विरुद्धको फैसला सम्भवत:आजै आउने

नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ।
थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए।
उनी भन्छन्, ‘बहस सकिएको छ। आदेश आजै आउँछ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए।
जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो। प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए। तेस्राे कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो।
बुधरदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो। सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यायलमा बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो।