गृहपृष्ठ पहिरो र बाढीको वितन्डा,पाल्पामा १० बर्षिय नैना दर्जीको ज्यान गयो
पहिरो र बाढीको वितन्डा,पाल्पामा १० बर्षिय नैना दर्जीको ज्यान गयो

पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ। तानसेन नगरपालिका ५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो।
राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो।
यस्तै अविरल वर्षासँगै झरेको पहिरोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो।