गृहपृष्ठ पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

लगातार बर्षाको कारण सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको गौडेपुलमा पहिरो गएको छ।
पहिरो खस्दा राजमार्ग अवरुद्ध हुन पुगेको छ भने गाडीहरुको आवतजावत पनि रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिएका छन्।
लगातार अविरल बर्षाका कारण पहिरो हटाउन पनि कठिनाइ भएको जनाइएको छ।